JIN0TkF.gif

जनकपुर बोल्ट्सले जित्यो एनपीएल को उपाधी

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को  पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो । सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले…

Read More

जनकपुर बोल्ट्ससंगको खेलमा चितवन राइनोज ३२ रनले बिजयी

चितवन –  नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई ३२ रनले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । सात खेल खेलेको जनकपुर बोल्ट्स तालिकामा  १० अंकसहित शीर्ष स्थानमा छ । जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ । आजको जितपछि चितवनले सात खेलमा आठ अंक बटुलेको छ । चितवनसँगै…

Read More

एनपीएलमा आज काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दै

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा बिहान सवा ९ बजे काठमाण्डौ गुर्खाज र चितवन राइनोज खेल्दैछन् । यस्तै दोस्रो खेलमा दिउँसो सवा १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स खेल्दैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा अस्तिदेखि शुरू भएको पहिलो संस्करणको एनपीएलमा आठ वटा टोली सहभागी छन्…

Read More

एनपीएल: जनकपुर बोल्ट्सको विजयी सुरुवात

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको…

Read More

“नेपाल प्रिमियर लिग” को विजेताले १ करोड ११ लाख रूपैयाँ पुरस्कार पाउने

काठमाण्डौ – नेपाल प्रिमियर लिग (एनपीएल) को विजेताले एक करोड ११ लाख रूपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ । एनपीएलको उद्घाटनको क्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो घोषणा गरेको हो । प्रतियोगिताको उपविजेताले ५० लाख रुपैयाँ पाउने छ । यस्तै तेस्रो हुने समूहले ३० लाख रुपैयाँ र चौथो हुनेले २० लाख रुपैयाँ पाउने क्यानले जनाएको छ…

Read More

एनपीएल: पहिलो खेलमा विराटनगर किङ्सद्वारा जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले १२८ रनको लक्ष्य पाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सले १९ ओभरमा १२७ रन बनाएको छ । उद्घाटन खेलमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेसँगै विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने अवसर पाएको थियो । विराटनगर किंग्सका…

Read More

एनपीएलको उद्घाटन खेलकाे सबै टिकट बिक्री,

काठमाडौ –  आउँदो शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग अन्तर्गत पहिलो खेलका सबै टिकट बिक्री भएका छन् । डिजिटल वालेट खल्तीबाट सोमबार टिकट खुला गरिएकोमा तीन दिनमै सोल्ड आउट भएको नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव छुम्बी लामाले जानकारी दिए । उनका अनुसार खल्तीबाट १० हजार टिकटमध्ये ८०० भीआईपी र नाै हजार २०० साधारणतर्फका टिकट बिक्री…

Read More

एनपीएल” मा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई कार उपहार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई शारडा ग्रुपले बिजुली कार उपहार दिने घोषणा गरेको छ । मंसिर १५ गतेदेखि नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने प्रतियोगिताको ‘प्लेयर अफ द सिरिज’ ले पुरस्कार स्वरूप ओमाेडा ई-५ कार पाउने भएका हुन् । नेपाली बजारमा याे कारकाे मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेकाे…

Read More

एनपीएलको टिकट, ३०० देखि १००० रुपैयाँसम्म

काठमाण्डौ – आउँदो शनिवारदेखि हुन लागेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)का लागि टिकट मूल्य निर्धारण भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले हिजो विज्ञप्ति जारी गर्दै टिकट मूल्य सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि सामान्यतर्फ तीन सय र भीआईपीतर्फ सात सय रुपैयाँ टिकट मूल्य राखिएको क्यानले जनाएको छ । त्यस्तै लिग चरणका…

Read More

आज स्कटल्याण्डसँग खेल्दै नेपाल

काठमाडौं – आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ। सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ। अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा ३७ रनले पराजित हुनपुग्यो।…

Read More