मुख्य समाचार
JIN0TkF.gif

भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी

चितवन – भारतसँगको तेस्रो टी–२० क्रिकेटमा अष्ट्रेलिया ५ विकेटले विजयी भएको छ । निक्कै रोमाञ्चक भएको खेलमा जितसँगै अष्ट्रेलिया पाँच खेलको शृङ्खलामा २–१ ले पछि छ । गुवाहाटीमा हिजो भएको खेलमा जितका लागि २ सय २३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाउँदै भेट्टायो । अष्ट्रेलियाका ग्लेन म्याक्सवेलले शतक बनाए । उनी एक सय…

Read More

नेपाल सुपर लिगमा चितवनलाई हराउदै पोखरा बिजयी

चितवन –  नेपाल सुपर लिग (एनएसएल)  अन्तर्गत आजको पहिलो खेलमा पोखरा थन्डर्सले एफसी चिवतनलाई हराएको छ । दशरथ रङ्गशालामा भएको खेलमा पोखराका लागि ७३ औँ मिनेटमा मोजेसले गोल गरे । आजै बेलुका साढे ५ बजे बुटबल लुम्बिनी एफसी र ललितपुर सिटीबिच खेल हुनेछ । एनएसएलको दोस्रो संस्करण हिजोदेखि शुरु भएको हो । हिजो भएको उद्घाटन…

Read More

नेपाल सुपर लिगमा आज पोखरा र चितवन खेल्दै

चितवन  –  नेपाल सुपर लिग (एनएसएल) मा आज दुई वटा खेल हुँदैछन् । आज पोखरा थन्डर्स र एफसी चितवन तथा बुटवल लुम्बिनी एफसी र ललितपुर सिटीबीच खेल हुनेछ । पोखरा र चितवनबीचको खेल दिउँसो एक बजे तथा बुटवल लुम्बिनी र ललितपुरको खेल बेलुका साढे ५ बजे शुरु हुनेछ । यी खेल दशरथ रङ्गशालामा हुनेछन् ।…

Read More

नेपाल सुपर लिग आजबाट सुरु

काठमाडौं– नेपाल सुपर लिग आजबाट सुरु हुँदैछ । दोस्रो नेपाल सुपर लिग (एनएसएल) आजदेखि दशरथ रंगशालामा सुरु हुँदै छ । जस अन्र्तगत कुल ४० खेल हुनेछन् ।  आजबाट सुरु हुने उद्घाटन खेलमा काठमाडौं र इलाम आमुने सामुने हुनेछन । सुपर लिगको दोस्रो संस्करणको नवप्रवेशी टोली इलामले लिग उपाधि दाबी गर्न राष्ट्रिय टोलीका अधिकांश खेलाडी अनुबन्ध गरेको छ भने उपाधि रक्षा गर्ने योजनामा रहेको काठमाडौँले विदेशी…

Read More

ब्राजिललाई हराउँदै अर्जेन्टिना विश्वकप छनोटको शीर्ष स्थानमा

चितवन –  विश्वकप छनोट खेलमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ । आज बिहान भएको खेलमा ब्राजिल अर्जेन्टिनासँग १–० गोलले पराजित भयो । खेलको दोस्रो हाफमा अर्जेन्टिनाका डिफेन्डर निकोलस ओटामेन्डीले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । खेलको पहिलो हाफमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलको ८१ औँ मिनेटमा ब्राजिल १० खेलाडीमा समेटिएको…

Read More

फिफा विश्वकप फुटबल छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दै

चितवन –  फिफा विश्व कप फुटबल २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत नेपालले आज यमनसँग खेल्दैछ । समूह ‘एच’ मा रहेका नेपाल र यमनबीचको खेल त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा बेलुका ७ बजे शुरु हुनेछ । नेपालले घरेलु मैदानमा आज दोस्रो चरणको दोस्रो खेल खेल्न लागेको हो । फिफा वरीयतामा यमन १…

Read More

भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो बिश्वकपको उपाधी

चितवन –  भारतलाई हराउँदै अस्ट्रेलियाले छैटौँ पटक आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । हिजो आइतवार भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ६ विकेटले हरायो । भारतले दिएको २ सय ४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर भेटायो । अस्ट्रेलियाका ट्राभिस हेडले शतक बनाए । हेड १ सय २० बलमा १ सय ३७…

Read More

विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलिया भिड्दै

चितवन –  एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनल खेल आज दिउँसो सवा २ बजे नरेन्द्र मोदी स्टेडियम अहमदावादमा शुरु हुँदैछ । भारतले न्युजिल्याण्डलाई र अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनल यात्रा पूरा गरेका हुन् । शनिबार  अष्ट्रेलियाका कप्तान प्याट कमिन्सले पीचको अवलोकन गर्दै आफूहरुको ध्यान पीचमा भन्दा पनि खेलमा रहेको बताएका…

Read More

न्युजिल्याण्डसंग श्रीलंका ५ विकेटले पराजित

चितवन –   श्रीलंकालाई हराउँदै न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल नजिकै पुगेको छ । न्युजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हराएको हो । श्रीलंकाले दिएको १ सय ७२ रनको लक्ष्य न्युजिल्याण्डले २३ ओभर २ बलमा ५ विकेट गुमाएर भेटायो । उसका लागि देवन कनवेले ४५, ड्यारेल मिचेलले ४३ र रचिन रविन्द्रले ४२ रन बनाए । श्रीलंकाका एन्जेलो…

Read More

विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दै

चितवन – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलिया र अफगानिस्तान खेल्दैछन् । मुम्बईको वाङ्खडे रङ्गशालामा हुने खेल दिउँसो साव २ बजे शुरु हुनेछ । सात खेलमा पाँचमा जित निकालेको अस्ट्रेलिया १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । सात वटै खेलमा चार वटा खेल जितेको अफगानिस्तान छैटौँ स्थानमा छ । भारतमा चलिरहेको विश्व कपको सेमिफाइनल पुग्ने टोलीको…

Read More