अपराध
आफ्नै ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बाबू पक्राउ
चितवन – आफ्नै ६ वर्षीया छोरीमाथि यौन दुर्व्यवहार र यौन हिंसा गरेको आरोपमा नवलपरासीको कावासोतीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घरमा तीन महिनादेखि श्रीमती नभएको बेला ६ वर्षीया बालिकालाई आफ्नै बुबाले पटकपटक यौन हिंसा गरेको घटनामा प्रहरीले आरोपित बुबालाई कावासोतीबाट नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यायल नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीले घटनाको अनुसन्धान…
बिदेश पठाइदिन्छु भन्दै ठगी गरेको आराेपमा एक जना पक्राउ
चितवन – माल्टा पठाइदिन्छु भन्दै ठगी गरेकाे आराेपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जुम्लाको हिमा गाउपालीका-५ घर भइ हाल काठमाडौं महानगरपालिका-१५ डल्लु बस्ने ३३ वर्षीय धर्मेन्द्र शाही रहेका छन् । धर्मेन्द्रले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि प्रतिष्ठित होटलमा काम लगाइदिन्छु,…
त्रिभुवन विमानस्थलबाट १४ किलाे सुनसहित २ जना पक्राउ
चितवन – त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलबाट १४ किलो सुनसहित २ जनालाई पक्राउ गरेको छ । कार्यालयको टोलीले गए राति फ्लाई दुबईको उडान नम्बर एफजेड–५७३ बाट आएका गोरखाका मीनबहादुर घले र अर्का एक जनालाई पक्राउ गरेको हो । कार्यालयका भन्सार अधिकृत रमेश कुँवरले घलेले छातीको दायाँबायाँ कपडामा बेरेर लुकाइछिपाइ ल्याएको ७ थान बिस्कुट आकारको १४…
लागुऔषध सहित ४ जना पक्राउ
चितवन – झापा र उदयपुर जिल्लाको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार अपरान्ह झापाको मेचिनगर नगरपालिका- ६ स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको शिवसताक्षी नगरपालिका-८ का ३५ बर्षीय चन्द्र बहादुर खड्कालाई शंका लागि चेकजाँच गर्दा २ ग्राम ५ सय…
आफ्नै श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
चितवन – उदयपुरको त्रियुगा नगरपालिका–५ दमौटी गाउँमा आफ्नै श्रीमान्को हत्या गरी जङ्गलको झाडीमा शव लुकाएको कसुरमा श्रीमतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार श्रीमान्को हत्या कसुरमा पक्राउ पर्ने दमौटीकी ४० वर्षीया निरकुमारी राई रहेको प्रहरीले जनाएको छ । निरकुमारीले श्रीमान् ६० वर्षीय श्याम राईको हत्या गरी नजिकै जङ्गलको झाडीमा शवलाई स्याउलाले छोपेर…
रुसी सेनामा नेपाली युवा पठाउने १२ जनाको गिरोह पक्राउ
चितवन – नेपाल प्रहरीले रुसी सेनामा नेपाली युवा पठाउने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको टोलीले काठमाण्डाैका विभिन्न ठाउँमा केही दिनदेखि चलाएको ‘अप्रेशन’ का क्रममा नेपाल र भारतको बाटो हुँदै रुस पठाउने १२ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता…
नवलपुरमा बुबाको हत्या गर्ने छोरा पक्राउ
चितवन – नवलपुरको मध्यविन्दुमा बुवाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा मध्यविन्दु नगरपालिका–१०, टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । रूपेशले कुचोको डाँठले हिर्काउँदा होमबहादुर गम्भीर घाइते भएका थिए । उनको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचारको…
युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने १ जना पक्राउ
काठमाण्डाै – रोजगारीको नाममा काठमाण्डौमै बालिका तथा युवतीहरु बेचबिखन भएको घटना बाहिर आएको छ । काठमाण्डौ महानगरपालिका–९ रातोपुलमा रहेको ‘नुवाकोट ब्युटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाइ यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ । ब्युरोबाट खटिएको टोलीले बालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुकासाथै…
अझै फरार छन ३३ किलो सुन तस्करी गर्ने १२ जना
चितवन – दोलखाको लामाबगर फलाक नाका हुँदै ३३ किलो सुन भित्रिएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । लामाबगर फलाक नाका हुँदै सुन भित्रिएको र सोबापतको रकम डलर तथा क्रिप्टोकरेन्सीमार्फत भुक्तानी भएको खुलेको छ । सुन तस्करीमा संलग्न अन्य १२ जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र केन्द्रीय…
कोकिनसहित भारतीय महिला त्रिभुवन विमानस्थलबाट पक्राउ
काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले कोकिनसहित एकजना भारतीय महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षकी भारतीय नागरिक किम्रो साङ्गी रहेकी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिनुभयो । पक्राउ परेकी महिला इथियोपियाबाट कतारको दोहा हुँदै काठमाण्डाै विमानस्थलमा ओर्लिएकी र काठमाण्डौबाट भुटान जान लागेको अवस्थामा लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई प्राप्त सूचनाअनुसार…

