JIN0TkF.gif

१२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा १ जना पक्राउ

चितवन – गुल्मीमा १२ वर्षीया सडक बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन। गुल्मीको मालिका गाउँपालिका–४ अर्खबाङ्गका १८ वर्षीय मदन भनिने छबबहादुर घर्तिले बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ। बाबु–आमाको संरक्षण नहुँदा बालिका लामो समयदेखि सडकमा माग्दै हिँड्थिन्। आरोपी घर्तिले २ मंसिरमा बालिकालाई ललाईफकाई तम्घासको एक होटलमा लगेर बलात्कार गरेपछि फरार भएका प्रहरीले जनाएको…

Read More

निःसन्तान महिलालाई गर्भवती हुने औषधि भन्दै ठगी गर्ने ‘बाबा’ पक्राउ

काठमाडौ –  गर्भवती हुने औषधि भन्दै निसन्तान महिलालाई ठगी गर्ने ‘बाबा’ पक्राउ परेका छन् । सिराहाको धनगढीमाई नगरपालिका– ५ गोठटोलका करिब ६५ वर्षीय दुःखी ठाकुरलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनले महिलालाई झारफुक पनि गर्ने गर्थे । लहान प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक विष्णुप्रसाद सोतीका अनुसार सन्तान नभएका महिलालाई प्रलोभनमा पारी ठगी धन्दा…

Read More

अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा २ जना पक्राउ

पर्सा – पर्सा प्रहरीले अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा दुई जनालाई पक्राउ गरेको छ । कटहरिया नगरपालिका–६ रौतहतका शेख सा महमदले आफूलाई अपहरण गरेर फिरौती माग गरेको निवेदनका आधारमा पर्सा प्रहरीले अपहरण कसुरका दुई आरोपितलाई ५० हजार फिरौती रकमसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक किशोर लम्सालले अपहरित महमदसँग अपहरणकारीले फिरौतीबापतको…

Read More

धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या

काठमाडौ –  बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ । शनिबार बेलुका महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान…

Read More

सामाजिक सञ्जालको प्रोफाइलमा प्रहरीको फोटो राखेर धम्की दिने एक व्यक्ति पक्राउ

काठमाडौ –  सामाजिक सञ्जाल ह्वाट्सएपको प्रोफाइलमा प्रहरीको फोटो राखेर अरूलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय प्रेमबहादुर थापा मगरलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी मगरले आफूले प्रयोग गर्ने ह्वाट्सएपको प्रोफाइलमा पूर्वप्रहरी महानिरीक्षकको पोसाक सहितको फोटो प्रयोग…

Read More

घरमा एक्लै बसेको मौका किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

चितवन – किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार…

Read More

चोरीको ३ मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौ –  रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकलसहित ३ जना पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाइकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट…

Read More

नवलपुरबाट १ लाख ४ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ

नवलपुर –  कावासोतीबाट १ लाख ४ हजार नगदसहित  तास खेलिरहेका ५ जना पक्राउ परेका छन् । कावासोती २ हिमाल चोक निवासी ४० बर्षीय उज्जवल मल्लको घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद…

Read More

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

चितवन – कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा…

Read More

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

काठमाडौ – दाङमा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दङ्गीशरण गाउँपालिका– ३ का गणेश योगी, मेघराज रजौरे, लम्बुधर चौधरी,…

Read More