अपराध
लागूऔषधसहित तीन जना पक्राउ
कैलाली – कैलालीको अत्तरियाबाट लागूऔषधसहित तीनजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका–३ का १८ वर्षीय कृष्ण रावल लागूऔषधसहित पक्राउ परेका हुन्। ६० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले रावललाई हिजो पक्राउ गरेको हो। त्यस्तै गोदावरी नगरपालिका–१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका–११ का २७ वर्षीय अर्जुन चौधरीलाई नरेश चौधरीकै घरबाट दुई सय मिलिग्राम लागूऔषधसहित…
खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने २ जना पक्राउ
गोरखा – प्रहरीले गोरखामा खोलामा करेन्ट लगाएर अवैधरूपमा माछा मार्ने दुईजनालाई पक्राउ गरेको छ । गोरखा नगरपालिका–१० स्थित सिर्दीखोलामा करेन्ट लगाएर माछा मारिरहेका स्थानीय १८ वर्षीय सञ्जय तामाङ र २८ वर्षीय रजित तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेखर खड्काका अनुसार करेन्ट लगाएर माछा मार्दै गरेका अवस्थामा अस्थायी प्रहरी चौकी छेवेटारको टोलीले दुवैजनालाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूको साथबाट…
चितवनको माडीमा १५ वर्षीय बालिका बलात्कारको आरोपमा शिक्षक पक्राउ
माडी चितवन – चितवन माडी बाँदरझुलामा १५ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । बाँदरझुलाको सगरमाथा विद्यालयमा पढाउने ४२ वर्षीय हरिबहादुर हरिजन पक्राउ परेका हुन् । उनले बालिकालाई ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको स्थानीय र परिवारको आरोप छ । बलात्कारपछि बालिका रुँदै घर आएपछि परिवारले घटनाबारे जानकारी पाएका थिए…
१ किलो सुनसहित रसुवाबाट १ महिला पक्राउ
चितवन – चीनको केरुङबाट रसुवागढी नाका हुँदै ल्याईएको एक किलो सुनसहित एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोसाईकुण्ड गा.पा- वडा नम्बर ३ बस्ने ४१ बर्षीया पाछेमु तामाङ (गुरुङ) रहेको रसुवाका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास बुढाथोकीले जानकारी दिए । नेपाल–चीन सिमानामा पर्ने रसुवागढीस्थित मितेरी पुलमा नेपाल प्रहरि, सशस्त्र प्रहरी बल र रसुवा भन्सार…
श्रीमान्सँग सामान्य झै–झगडा हुँदा श्रीमतीले आफ्नै शरीरमा आगो : महिला जलेर घाइते
चितवन – नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा एक महिलाले आफ्नै शरीरमा आगो लगाएकी छन् । बुधबार दिउँसो करिब ३ बजे चितवन घर भई गैँडाकोट–२ एसपिएम चोक नजिक डेरामा बस्दै आएकी २३ वर्षीया कञ्चन कुमालले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले बताए । श्रीमान्सँग सामान्य झै–झगडा हुँदा आफ्नै…
युवतीहरूलाई प्रेमिका बनाउँदै अश्लील फोटो तथा भिडिओ बनाउने युवक पक्राउ
चितवन – सामाजिक सञ्जाल फेसबुकमार्फत अश्लील फोटो तथा भिडिओ राखी चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले सोमबार भक्तपुर नगरपालिका वडा नम्बर १४ बस्ने २५ वर्षीय सुसन चौगुठी हो । कार्यालयका अनुसार आरोपित चौगुठीले फेसबुकमार्फत युवतीलाई फ्रेन्ड रिक्वेस्ट पठाउँथे । रिक्वेस्ट आएपछि युवतीले एसेप्ट गर्थे…
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ
चितवन – बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् । उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए ।…
सुन तस्करी प्रकरणमा सीआईबीले माग्यो इन्टरपोलको सहयोग
काठमाण्डाै – नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ । सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) लाई सहयोगका लागि पत्राचार गरेको हाे । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङकङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिनुभयो । गएकाे साउन…
भरतपुरका रचन श्रेष्ठको हत्या आरोपमा २ जना पक्राउ
चितवन – भरतपुरका रचन श्रेष्ठको हत्या गरी फरार रहेको अभियोगमा धादिङ प्रहरीले चितवन र सिराहा जिल्लाका २ जना युवालाई पक्राउ गरेको छ । नवलपरासी जिल्ला (बर्दघाट सुस्तापूर्ब) देवचुली नगरपालिका वडा नं. १५ घर भई हाल जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. ३ बाह्रघरे बस्ने वर्ष २० का रचन श्रेष्ठको हत्या गरी फरार भएको अभियोगमा दुई…
नक्कली सुनका गहना दिएर ठगी गर्ने महिला पक्राउ
बागलुङ – बागलुङमा नक्कली सुनका गहना दिएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले नक्कली सुनका गहना दिएर १८ लाख रुपैयाँ ठगी गरेको आरोपमा बागलुङ नगरपालिका–१४ की ३० वर्षीया मिना केसी खड्कालाई बुधबार पक्राउ गरेको हो। मिनाले २०७९ सालको साउन महिनादेखि विभिन्न मितिमा पैसा आवश्यक परेका भन्दै आफूसँग भएको गरगहनाहरू…

