JIN0TkF.gif

धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या

काठमाडौ –  बारामा धारिलो हतियार प्रहार गरी एक पुरूषको हत्या भएको छ । शनिबार बेलुका महागढीमाइ नगरापालिका-१ नैकाटोलका ५० वर्षीय श्रीनारायण यादवको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी प्रकाश सापकोटाका अनुसार श्रीनारायण यादव घरनजिकको पसलबाट फर्किँदै गर्दा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान…

Read More

वीरगञ्ज नाकाबाट घट्यो आयात–निर्यात

वीरगञ्ज– वीरगञ्ज नाकाबाट चालु आर्थिक वर्षको तीन महिनामा आयात र निर्यात दुवै घटेको पाइएको छ । चालु आर्थिक वर्षको तीन महिनामा एक खर्ब ४३ अर्ब ९१ करोड ६६ लाख पाँच हजार बराबरका मालसामान आयात भएका छन् । गत आवको सोही अवधिमा भएको आयातमा ६ दशमलव ४३ प्रतिशतले कमी भएको भन्सार कार्यालयले जनाएको छ । गत आवको…

Read More

नवलपुरमा जंगली च्याउँ खाँदा एकै परिवारका ५ जना बिरामी

चितवन – जंगली च्याउ खाँदा नवलपुरको देवचुली नगरपालिका वडा नं-२, दुम्कौलीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय रजहरका अनुसार दुम्कौली निवासी २८ वर्षीय धनमाया राजवंशीले जंगलबाट ल्याएको च्याउ खाने क्रममा गए राति एकै परिवारका पाँच जना बिरामी परेका हुन् । जंगली च्याउ खाएर देवचुली २ निवासी २६ वर्षीय मदन राजवंशी,…

Read More

विश्वकप लिग-२ : आज नेपाल र अमेरिका खेल्ने

काठमाडौं – अमेरिका र स्कटल्याण्डविरुद्ध हुने आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ को शृङ्खलाका नेपालले पहिलो खेल आइतबार राति घरेलु टोली अमेरिकासँग खेल्दैछ । यो खेल राति ९ः१५ बजे सुरु हुनेछ । नेपालले दोस्रो खेल मङ्गलबार स्कटल्याण्डसँग खेल्नेछ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको छ । टोलीमा अनिल साह,…

Read More

म्याग्दीमा सामान ढुवानी गर्न ड्रोनको प्रयोग

काठमाडौ – म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक उपभोग्य हलुका सामान ढुवानी गर्न ड्रोन प्रयोग भएको छ । ड्रोन प्रयोग गरेर अन्नपूर्ण गाउँपालिका–८ नागीबाट सोही वडाको पर्यटकीयस्थल मोहरेडाँडामा सामान ढुवानी गरिएको सो गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । राष्ट्रिय आविष्कार केन्द्रले बनाएको ड्रोन प्रयोग गरिएको हो । मोहरेडाँडालगायत पर्यटकीयस्थलमा सामान ढुवानीका लागि…

Read More

जीप दुर्घटना हुँदा दुईको मृत्यु, तीन जना घाइते

काठमाण्डौ – दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तीन जना गम्भीर घाइते भएका छन् । रोल्पाबाट तुलसीपुरका लागि छुटेको रा १ ज ८२२ नम्बरको जीप आज बिहान तीन बजेतिर राप्ती राजमार्गअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–३ साततलेमा सडकबाट खसेको हो । दुर्घटनामा दाङकै दङ्गीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय चालक हिरामणी बुढामगर र सल्यानको…

Read More

सगरमाथा क्षेत्रमा असोज महिनामा झण्डै नौ हजार पर्यटक

काठमाडौ – विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिनामा झण्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् । गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ रुपैयाँ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी…

Read More

अस्ट्रेलिया पठाइदिने भन्दै १७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौ –  वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्ताैला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्ताैलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख…

Read More

बेहुली फ्रम मेघौली’ ओटीटी एप मा सार्वजनिक

काठमाडौ –  नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी एप एमएसएम (MSM)मा सार्वजनिक भएको छ । फेसबुकमा एक पोस्ट राख्दै निर्देशक एवं कलाकार निश्चल बस्नेतले अमेरिका, जापान र सिङ्गापुर बाहेकका सबै देशमा यो चलचित्र ओटीटी एपमार्फत हेर्न सकिने जानकारी दिए । बस्नेतका अनुसार ती तीन देशका हलमा यो चलचित्र अझै प्रदर्शनरत रहेकाले ओटीटीमा उपलब्ध नगराइएको हो ।…

Read More

रविमाथि दुर्व्यवहार गरेको भन्दै रास्वपाद्वारा आयोगमा उजुरी गर्ने तयारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्व्यवहार गरेको भन्दै रास्वपाले उजुरी गर्ने भएको छ ।  अनुसन्धानको क्रममा मानव अधिकारको हनन हुनेगरि दुर्व्यवहार गरेको भन्दै रास्वपाले मानव अधिकार आयोगमा उजुरी दिने निर्णय गरेको कानून व्यवसायी यज्ञमणि न्यौपानेले बताए ।  उनले खबरहबसँग भने, ‘हामी अहिले नै आयोगमा उजुरीका लागि जाने भएका छौँ । थप कुरा पछि आउँछ ।’  न्यौपाने…

Read More