JIN0TkF.gif
JINuGe4.gif

अस्ट्रेलिया पठाइदिने भन्दै १७ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौ –  वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्ताैला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्ताैलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।

उनलाई काठमाण्डौको दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।

What’s your Reaction?
+1
47
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000