JIN0TkF.gif

वडा कार्यालयमा तालाबन्दी

खोटाङ– खोटाङको साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्ष अर्जुनकुमार कटवाल नौँ महिनासम्म पनि कार्यालय नआएपछि स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । वडाध्यक्ष कटवाल अमेरिकाबाट नआएपछि  मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै तालाबन्दी गरेको हो । गत साउन २१ गते पूर्ववडाध्यक्ष भट्टराईको संयोजकत्वमा गठन भएको समितिले वडाध्यक्ष कटवाललाई १५ दिनभित्र…

Read More

वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो

वीरगञ्ज– मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाकाबाट हुने पेट्रोलियम पदार्थको आयातमा उच्च गिरावट आएको छ । यहाँबाट डिजेल तथा पेट्रोलको आयात २५ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । मुलुकभर रहेका नाकामध्ये सबैभन्दा धेरै डिजेल तथा पेट्रोल भित्रिने नाकाको रुपमा वीरगञ्ज चिनिन्छ । यहाँबाट चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा १२ अर्ब ६६…

Read More

‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने

चितवन –  कम शो दिइएको भन्दै हलबाट उतारिएको ‘बेहुली फ्रम मेघौली’ शुक्रवारदेखि ओटीटीमा उपलब्ध हुने भएको छ । कलाकार, निर्देशक एवम् चलचित्र निर्माता निश्चल बस्नेतले फेसबुकमा एक पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् । बस्नेतका अनुसार यो चलचित्र ‘एमएसएम भिडिओ’ नामक नयाँ नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध हुनेछ । तर अहिले पनि यसमा नयाँ अकाउन्ट बनाउँदा…

Read More

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा

काठमाडौ‌– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अहिलेसम्म एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको विवरणअनुसार उक्त कोषमा विभिन्न सङ्घ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन् । यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ । सरकारले गत असोज ११…

Read More

रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या ५ पुग्यो

काठमाण्डौ – डँडेलधुरामा रात्रिबस दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको छ । घटनास्थलमा आज बिहान थप एक महिलाको शव भेटिएको छ । योसहित ज्यान गुमाउनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय डँडेलधुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डँडेलधुराका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी उपेन्द्रबहादुर बमका अनुसार बैतडीको पुर्चौंडी नगरपालिका–१० की गोवणी महराको शव…

Read More

लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ

काठमाडौ –  भक्तपुरमा लागूऔषधसहित औषधि पसल सञ्चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको नरहा गाउँपालिका मध्यपुर थिमि नगरपालिका–२ घर भई भक्तपुरको लोकन्थली बस्ने ३० वर्षीय रोहित सिंह रहेका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । लोकन्थलीमा सिंहले सञ्चालन गरेको औषधि पसलमा लागूऔषध बिक्री भइरहेको छ भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर र प्रहरी वृत्त…

Read More

पोखरामा रगत अभाव: रक्तदान गर्न आग्रह

काठमाडौ – चाडपर्वका समयमा रक्तदान र सङ्कलन कार्यक्रम नहुँदा पोखरामा रगत अभाव भएको छ । नेपाल रेडक्रस सोसाइटीअन्तर्गतको प्रादेशिक रक्त सञ्चार केन्द्र पोखराले दशैँको समयमा नियमित तालिकाअनुसार रक्तदान कार्यक्रम नभएको तथा डेङ्गुका बिरामी बढेसँगै रगतको माग वृद्धि हुँदा अभाव भएको जनाएको छ । केन्द्रले सबैलाई रक्तदान गर्नसमेत आह्वान गरेको छ । रक्त सञ्चार केन्द्रमा रगत…

Read More

रवि लामिछाने पक्राउविरूद्ध चितवनमा प्रदर्शन

भरतपुर चितवन – रास्वपा का सभापति रवि लामिछानेको पक्राउविरूद्ध चितवनमा सोमवार प्रदर्शन गरिएको छ । आफ्ना पार्टीका सभापतिलाई प्रहरीले हिरासतमा लिएपछि निसर्त रिहाइको माग गर्दै नारायणघाटमा सोमबार प्रदर्शन गरिएको हो । रास्वपा चितवनले सरकार मरेपछि जनतालाई जुठो परेको भन्दै किरियासमेत गरेको छ । ‘सरकार म¥यो, जुठो पर्यो’ भन्दै सेतो कपडाको टालोले टाउको बाँधेर आन्दोलन गरेका…

Read More

रिल बनाउने क्रममा तीन तलाबाट खस्दा युवकको मृत्यु

इन्स्टाग्रामका लागि रिल बनाउने क्रममा तीन तलाबाट खस्दा भारतीय युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा ‘आसिफ’ नामका २० वर्षीय युवक रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् । गत शनिबारको यस घटनाको सीसीटिभी फुटेज अहिले सामाजिक सञ्जालमा भाइरल छ । ‘फ्रि प्रेस जर्नल’का अनुसार यस घटनामाथि सराफा पुलिस स्टेसनले अनुसन्धान गरिरहेको छ । भाइरल भएको भिडिओमा घरको…

Read More

पोखरामा रास्वपाको प्रदर्शन जारी

चितवन –  सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपा समर्थकहरूले सोमबार पनि पोखरामा प्रदर्शन जारी राखेका छन् । पृथ्वीचोक, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै र्‍याली मानव अधिकारचोकमा कोणसभामा परिणत भएको थियो । लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गरिएको भन्दै नेताहरूले प्रतिरोधमा उत्रिएको बताएका छन् । रास्वपा कार्यवाहक प्रवक्ता मनीष झाले पक्राउविरुद्धको आन्दोलन जारी रहने बताए । ‘हाम्रो सभापतिलाई राजनीतिक प्रतिशोधका आधारमा…

Read More