भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा नारायणी नदी तटबन्धको अनुगमन
भरतपुर चितवन – भरतपुर महानगर प्रमुख रेनु दाहालसहितको टोलीले आइतबार नारायणी तटबन्धको कार्यप्रगतिबारे निरीक्षण गरेको छ । तटबन्धको पहिलो चरणको २० किलोमिटरमध्ये आठ किलोमिटरको काम सम्पन्न भइसकेको छ । यो कूल कामको ४० दशमलव ९९ प्रतिशत हो । वर्षात्को समय नजिक आएसँगै प्रमुख दाहालले तटबन्धनको निरीक्षणमा सक्रियता देखाएकी हुन् । आयोजनाका अनुसार अहिले पाँचवटा प्याकेजको…

