खोलामा डुबेर दुई किशोरीको मृत्यु
चितवन – डडेल्धुरामा खोलामा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। आइतबार अपराह्न गन्यापधुरा गाउँपालिका-२ कोरगाउँकी १७ वर्षीया लक्ष्मी सार्की र १४ वर्षीया दिपा मल्लको स्थानीय लम्खेती गाडमा डुबेर मृत्यु भएको हो । गाउँकै तल रहेको लम्खेती गाडमा नुहाउने क्रममा दुवैजनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख डिएसपी दीपक पाठकले जानकारी दिए।…

