JIN0TkF.gif

निर्माणाधीन पुल भत्किँदा १७ जना कामदारको मृत्यु

दिल्ली– भारतको मिजोरमको आइजल जिल्लामा बुधबार बिहान निर्माणाधीन रेलवे पुल भत्किँदा कम्तीमा १७ जना कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरी अधिकारीहरूका अनुसार यो घटना मिजोरमको राजधानी आइजलबाट करिब २० किलोमिटर पर अवस्थित सैराङ क्षेत्रमा भएको हो । पूर्वोत्तर रेलवेका प्रमुख जनसम्पर्क अधिकृत सब्यसाची डेले रेलवे अधिकारीहरूको एउटा टोली घटनास्थलमा पुगेको थियाे । दुर्घटनामा घाइते…

Read More

करेन्ट लागेर श्रीमानको मृत्यु, श्रीमती घाइते

झापा –   झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन्। करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ निवासी २४ वर्षीय अमृत रेग्मी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए। प्रहरीका अनुसार बुधबार दिउँसो साढे २ बजेको समयमा आफ्नै घरमा कुटी काट्ने क्रममा श्रीमती ममतालाई करेन्ट लागेको थियो।…

Read More

नवलपरासीपूर्व नवलपुरमा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते

नवलपुर –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा…

Read More

माेटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

कास्की –  कास्कीकाे रुपा गाउँपालिका-६ निगालझाँप्रामा माेटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे ज्यान गएकाे छ । हिजाे प्रदेश ३-०२-००९ प ५२०५ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालक लमजुङकाे दूधपाेखरी गाउँपालिका-६ का २९ वर्षीय कृष्ण गुरुङ र २४ वर्षीय अशाेक गुरुङकाे ज्यान गएकाे हाे । दुर्घटनापछि गण्डकी अस्पताल पुर्याइए पनि चिकित्सकले उनीहरुलाई मृत घाेषित गरेका हुन् ।

Read More

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर –  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर बुधबार राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए । “राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर…

Read More

टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिदा २० जना घाइते

चितवन  –  चितवनको टिकौलीमा एकै चाेटि आठ वटा गाडी एकआपसमा ठोकिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् । महेन्द्र राजमार्गअन्तर्गत भरतपुर महानगर र रत्ननगर नगरपालिकाबीच पर्ने टिकौली जङ्गलमा आज बुधवार एकै ठाउँमा एउटा क्याम्पसको बसले शव बोकेको जीप र छ वटा मोटरसाइकललाई ठक्कर दिएर दुर्घटना भएको हो । घाइतेहरूको भरतपुर अस्पताल र चितवन शिक्षण…

Read More

भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा १ जनाको मृत्यु

झापा  –   झापामा भारतीय नम्बर प्लेटको कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक कमल गाउँपालिका- ४ निवासी ६७ वर्षीय डोरप्रसाद खनाल रहेका ला प्रहरी कार्यालयले झापाले जनाएको छ। मंगलबार साँझ ७ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तरगत कमल-५ स्थित पाडाजुँगीमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ११ एपी ४१४१ नम्बरको…

Read More

मुगुमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मुगु  –  मुगुमा जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गमगढी बजार र नेपालगञ्ज जान जीप चढेका हुम्लाका पाँचजनामध्ये चार जनाको ज्यान गएको हो । मृतक र घाइते सबैको पहिचान खुलेको प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ज्यान गुमाउनेमा हुम्लाको सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुई जना राम…

Read More

पहिरोमा पुरिएर एक बालकको मृत्यु

दोलखा– दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।  उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन…

Read More

सोमबार यता बाढिपहिरोमा परि ४ को मृत्यु

सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको वाग्मती गाउँपालिकास्थित वाग्मती पुलको पहुँचमार्गमा बाढीले पुर्‍याएको क्षति । राजकुमार कार्की र कान्तिपुर भीमदत्त…

Read More