मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु

महेन्द्रनगर –  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर बुधबार राति जङ्गली हात्तीको मृत्यु भएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।

“राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ ।” उनले भने, “अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”

जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उनले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताए । “यसबारे थप अनुसन्धान भइरहेको छ”, प्रमुख संरक्षण अधिकृत मेहताले भने, “विधि प्रक्रिया पुर्‍याएर हात्तीको दाहसंस्कार गर्छौं ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000