JIN0TkF.gif

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ – सहकारी ठगी र सङ्गठीत अपराधमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालतले छ दिन हिरासतमा राख्न अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आज लामिछानेलाई छ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी…

Read More

अमेरिकाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौं – एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो। यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य…

Read More

मलेसियाले बढायो श्रमिकको न्यूनतम तलब

काठमाण्डाै – मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९ गतेदेखि कार्यान्वयनमा आउनेछ । बढेको तलब घरेलु…

Read More

सामाजिक सञ्जालको प्रोफाइलमा प्रहरीको फोटो राखेर धम्की दिने एक व्यक्ति पक्राउ

काठमाडौ –  सामाजिक सञ्जाल ह्वाट्सएपको प्रोफाइलमा प्रहरीको फोटो राखेर अरूलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले रामेछाप जिल्ला घर भई काठमाडौं बस्दै आएका २६ वर्षीय प्रेमबहादुर थापा मगरलाई बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार आरोपी मगरले आफूले प्रयोग गर्ने ह्वाट्सएपको प्रोफाइलमा पूर्वप्रहरी महानिरीक्षकको पोसाक सहितको फोटो प्रयोग…

Read More

रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदै

चितवन – सहकारी ठगी तथा सङ्गठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा पेस गरिँदैछ । प्रहरीका अनुसार बिहान १० बजे लामिछानेलाई अदालतमा पेश गरिनेछ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले शुक्रबार साँझ काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई सडकमार्ग हुँदै शनिबार बिहान ३ बजे पोखरा पुर्‍याइएकाे थियो । लामिछानेलाई…

Read More

असोजमा श्रम स्वीकृति लिएर बिदेश लागे ५३ हजार ५ सय बढी नेपाली

काठमाण्डौ – मुख्य पर्व दशैँ परेको महिना असोजमा पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उल्लेख्य रहेको छ । वैदेशिक रोजगार विभागकाअनुसार अघिल्लो महिना असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय २४ जना नेपाली यूएई, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय…

Read More

सहकारी ठगी आरोपमा रबि लामिछाने पक्राउ

चितवन – सहकारी ठगीको अनुसन्धानका लागि काठमाण्डौमा पक्राउ परेका पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ । लामिछानेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले हिजो बेलुका काठमाण्डौमा पक्राउ गरी राति नै स्थलमार्गबाट पोखरा लगेको हो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी प्रहरीले जिल्ला प्रहरी…

Read More

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौ –  दाङको बङ्गलाचुली गाउँपालिका–४ जुम्लेपानीमा गएराति टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा गढवा गाउँपालिका–७ निवासी अन्दाजी २९ वर्षका प्रभु चौधरीको घट्नास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता ईश्वर थापाले जानकारी दिए । घोराहीबाट तापातर्फ जाँदै गरेकोे रा १ ख १८५७ नम्बरको टिप्पर जुम्लेपानीमा सडकदेखि करिब ८० मिटर तल खस्दा दुर्घटना…

Read More

घरमा एक्लै बसेको मौका किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ

चितवन – किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ताप्लेजुङमा एक व्यक्ति परेका छन् । प्रहरीका अनुसार किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा ३७ वर्षीय अशोक कुरुम्बाङ लिम्बू पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लिम्बू पक्राउ परेका हुन् । गएको आइतबार…

Read More

आज फेरि सुनको मूल्यमा नयाँ कीर्तिमान कायम

चितवन  –  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने…

Read More