आज चितवन सहित यी जिल्लाहरुमा सार्वजनिक बिदा
चितवन – बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तरगतका तीन जिल्लामा आज सार्वजनिक बिदा दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

