matribhumionline

आज पनि घट्यो सुनको मुल्य

चितवन – सुनचाँदीको भाउ आज घटेको छ । सुन आज तोलामा तीन सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १६ हजार रुपैयाँ तोकिएको छ । हिजो एक लाख १६ हजार तीन सय रुपैयाँ थियो । यस्तै, हिजो स्थिर रहेको चाँदीको भाउ…

Read More

भरुवा बन्दुकसहित एक जना पक्राउ

चितवन –  भरुवा बन्दुकसहित मकवानपुरबाट एक जना पक्राउ परेका छन् ।  बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको हाे ।  नेसुरले आफ्नो घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिगनबाट खटिएको प्रहरीले उनको घरको तलासी गर्ने क्रममा उक्त हातहतियारसहित उनलाई पक्राउ गरेको हो । …

Read More

आजदेखी महानगरपालिकामा सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा रोक

काठमाण्डौ –  काठमाण्डौ महानगरपालिकामा आजदेखि सुर्तीजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लागेको छ । महानगरले ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गरिएको हो । महानगरपालिकाको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार आजदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गरिएको छ । बिँडी, तमाखु, सुल्फा, प्लास्टिकमा प्याक गरिएका…

Read More

चिसो बढेसँगै अस्पतालमा बिरामीको चाप

चितवन –  पर्सामा चिसो बढेसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन् । केही दिनयता बढेको चिसो र शीतलहरका कारण सहरी क्षेत्र तथा ग्रामीण बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वासका बिरामी ह्वात्तै बढेका हुन् । वीरगञ्जस्थित नारायणी अस्पताल, प्रभु अस्पताल, नेपाल मेडिसिटी बयोधा अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन  – नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ १३ पैसा र बिक्री दर १३३ रुपैयाँ ७३ पैसा रहेको छ । युरो एकको…

Read More

नेपाल सुपर लिगमा आज वीरगञ्ज र इलाम भिड्दै

चितवन –  नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज वीरगञ्ज युनाइटेड र स्पोर्टिङ इलामबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ। आजको खेलमा वीरगञ्ज पहिलो जितको खोजीमा रहँदा इलाम दोस्रो जित निकाल्ने योजनामा रहेको छ । जारी लिगमा ५ खेलबाट ४ अंक जोडेको इलाम सातौँ स्थानमा छ । इलामले एकमा जित, एकमा…

Read More

आजको मौसम

चितवन –  आज देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानमा कुहिरो र हुस्सु लागेको छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रहनेछ। अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल मंसिर २७ गते बुधबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दाम्पत्य जीवन सामान्य छ। आयआर्जन बढ्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। राजनीतिक क्षेत्रमा अवरोध सिर्जना हुनेछ । गुरु र अभिभावकको आर्शिवादले काम बन्नेछ ।…

Read More

चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने

चितवन –  चितवनको इच्छाकामना सुन्तलाका उत्पादनका लागि उर्वरभूमि हो यतिबेला इच्छाकामना गाउँपालिकाकाको तामिन, काउँले, माझगाउँ, सिरानगाउँ, तोक्दाङलगायत गाउँ सुन्तला पाकेर पहेँलपुर हुन थालेको छ । सुन्तला खेती गर्ने किसानलाई प्रोत्साहनका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । आफ्नो क्षेत्र भित्रका अधिक सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्न यस पटक सुन्तला महोत्सव गर्न यही पुसको दोस्रो वा तेस्रो हप्तामा ३ देखि…

Read More

बारामा २० वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा शिशु

बारा –  बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन । वीरगञ्जको विर्तामा रहेकाे श्रीराम अस्पतालमा उहाँले शल्यक्रियामार्फत गएकाे आइतवार दुई छोरा र एक छोरीलाई जन्म दिनुभएको हो । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘शल्यक्रियामार्फत…

Read More