matribhumionline

महादेवको दर्शन गरि हेर्नुहोस आज सोमबारको राशिफल

चितवन –  आज २०८० साल माघ ८ गते सोमबार तदनुसार सन् २०२४ जनवरी २२ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । यस्तो छ आजको फलादेश मेष : दिन राम्रो छ । हरेक क्षेत्र सबल छन् । सांगीतिक क्षेत्रको यात्रा सफल बन्नेछ । आफन्तसँग जोगिएर काम गर्नु राम्रो हुन्छ । अन्य सबै क्षेत्र सबल छन्…

Read More

रड प्रहार गरि श्रीमतीको हत्या

चितवन –   दाङमा रड प्रहार गरि एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहागनरपालिका वडा नम्बर ४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवरत्न मल्लका अनुसार मदिराले मातेका चौधरीले श्रीमतीलाई रडले हान्दा घटनास्थलमै…

Read More

नेपाली क्रिकेट टोलीलाई १० लाख सहयोग

चितवन –  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले टी–२० विश्वकपमा सहभागी नेपाली क्रिकेट टोलीलाई १० लाख रुपैयाँ सहयोग गरेको छ । एनआरएनएको मुख्यालय बालुवाटारमा आयोजित कार्यक्रममा नेपाल क्रिकेट एसोसिएसन (क्यान) मार्फत् उक्त रकम प्रदान गरिएको हो । सङ्घले नेपाली भलिबल राष्ट्रिय टिमलाई आठ लाख, छैटौँ एनआरएनए सुदूरपश्चिम फुटबल प्रतियोगिताका लागि दुई लाख ५० हजार, पोखरा म्याराथनका लागि…

Read More

धरानमा पनि खैनी, गुट्खा र चुरोट भण्डारण र किनबेच गर्न प्रतिबन्ध

धरान –  धरान उपमहानगरपालिकाले नगर क्षेत्रमा सुर्तिजन्य वस्तु भण्डारण र किनबेच गर्न प्रतिबन्ध लगाएको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकले गरेको निर्णयअनुसार खैनी, गुट्खा, चुरोटलगायतका सुर्तिजन्य वस्तु भण्डारण, किनबेच तथा प्रयोगमा रोक लगाइएको हो। उपमहानगरपालिकाले जारी गरेको सार्वजनिक सूचनामा १५ दिनभित्र सार्वजनिकस्थलबाट सुर्तिजन्य वस्तु पूर्णरुपमा नहटाए जफत गरेर कानुन बमोजिम जरिवाना गरिने उल्लेख छ। बजारमा जथाभावी सुर्तिजन्य…

Read More

आजको मौसम

चितवन –  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक देखि साधारण बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै तराईका…

Read More

आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा आज नेपालले न्युजिल्यान्डसँग खेल्दै

चितवन –  आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजे शुरु हुनेछ । नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकप खेल्न लागेको हो । गएको फागुनमा १९ वर्षमुनिको एसिया डिभिजन–१ को उपाधि जित्दै नेपालले आठ वर्षपछि १९ वर्षमुनिको विश्वकपमा स्थान पक्का गरेको थियो…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८० साल माघ ७ गते आइतबार तदनुसार सन् २०२४ जनवरी २१ तारिख । ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ । यस्तो छ आजको फलादेश मेष : दिन सामान्य राम्रो छ । आफूलाई चिनेर व्यवहार गरेमा सफलता मिल्नेछ । पूर्वको लामो यात्रा नगर्नु राम्रो हुन्छ । विदेशमा गरेको लगानीबाट फाइदा हुन्छ । हरेक काममा…

Read More

यात्रु बस दुर्घटना हुँदा १६ जना घाइते

चितवन –  दार्चुलाको महाकाली–५ खिमतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । आज बिहान महेन्द्रनगरतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको दार्चुलाका प्रहरी प्रमुख (डिएसपी) शिवबहादुर सिंहले जानकारी दिए । बस सडकबाट करिब १५ मिटर तल खसेको…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७० पैसा र बिक्री दर १३३ रुपैयाँ ३० पैसा रहेको छ । युरो एकको…

Read More

डुङ्गा डुब्दा १४ जनाको मृत्यु

चितवन –  भारतको गुजरातमा रहेको वडोदराको हरनी तालमा डुङ्गा डुब्दा १४ जनाको ज्यान गएको छ । छ जना बेपत्ता भएका छन् । हिजो भएको दुर्घटनामा १२ जना बालबालिका र दुई जना शिक्षकको ज्यान गएको बीबीसीले जनाएको छ । डुङ्गामा २७ जना रहेकामा सात जनालाई उद्धार गरेर अस्पतालमा भर्ना गरिएको छ । हराएकाहरुकाे खोजी भइरहेको खबरमा उल्लेख छ…

Read More