matribhumionline

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

चितवन – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार सेवा दिने भएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह (बालेन) ले नेपालको जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकहरू बिरामी परे पालिकाको सिफारिस आधारमा काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने जानकारी दिएका हुन्‌ । महानगरको स्वास्थ्य विभागका अनुसार ५२ अस्पतालका ३७४ बेड विपन्नको उपचार प्रयोजन…

Read More

मलामी चढेको जिप दुर्घटना हुँदा एकको मृत्यु, १२ घाइते

चितवन –  गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा १२ जना घाइते भएका छन् । लिम्घाको मौरीओडारस्थित शाहाघाट लिम्घा भित्री सडकखण्डमा रुद्रवेणीबाट मलामी लिएर लिम्घातर्फ फर्किरहेको लु१च ४३२० नम्बरको जिप गएराति दुर्घटना हुँदा स्थानीय ७५ वर्षीय मनबहादुर फुम्जालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब…

Read More

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

चितवन –  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो । वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार ११२ रनको शतकीय पारी खेलेका थिए । उनले…

Read More

फ्रि वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकको अनुरोध

चितवन –  निःशुल्क अर्थात् फ्रि–चल्ने वाईफाईबाट बैंकिङ कारोबार नगर्न नेपाल राष्ट्र बैंकले अनुरोध गरेको छ । पैसा भुक्तानी गर्दा वा पैसा लिँदा निःशुल्क चल्ने वाईफाईबाट असुरक्षित हुने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले जानकारी दिनुभयो । वित्तीय कारोबार गर्दा संस्थागत वा व्यक्तिगत दर्ता भएका सुरक्षित इन्टरनेट प्रयोग गर्नुपर्ने उहाँले बताउनुभयो । सार्वजनिक ठाउँमा चल्ने इन्टरनेटको…

Read More

ईपीएस भाषा पास गरेकाहरुले कार्यक्षेत्र परिवर्तन गर्न पाउने

चितवन –  कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका नौ हजार ४२८ जनाले कार्यक्षेत्र अर्थात रोष्टर परिवर्तन गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाकाअनुसार कृषि तथा पशुपालन र उत्पादनमूलक काममा रोजगारीमा लागि कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेकाहरूलाई कार्यक्षेत्र परिवर्तन गर्ने दक्षिण कोरियाले मौका दिएको हो । ईपीएस कोरिया शाखाले नौ हजार ४२८…

Read More

आजदेखी नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला शुरु

चितवन –  नेपाल र वेस्ट इन्डिज ‘ए’ टोलीबीचको पाँच खेलको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि शुरु हुँदैछ । आज पहिलो खेल दिउँसो सवा १२ बजेदेखि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा शुरु हुनेछ । यो श्रृङ्खलाका लागि दुवै टोलीले यसअघि नै खेलाडी घोषणा गरिसकेका छन् । नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा श्रृङ्खला…

Read More

इलाम र बझाङमा आज मतदान हुँदै

चितवन –  इलाम क्षेत्र नम्वर–२ र बझाङ क्षेत्रमा १ (क) प्रदेशसभा सदस्यको निर्वाचन आज हुँदैछ । निर्वाचन आयोगका अनुसार आज बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान हुनेछ । इलाम–२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र तोकिएका छन् । सो क्षेत्रमा कुल एक लाख १५ हजार ८८९ मतदाता छन् । इलाम–२ बाट प्रतिनिधि सभा…

Read More

आजको मौसम

चितवन –  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी…

Read More

अब सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

तनहुँ – तनहुँका चार पालिकाले सरकारी सुविधा लिनेका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरी कार्यान्वयन गर्न थालेका छन् । जिल्लाको आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, व्यास र शुक्लागण्डकी नगरपालिकाले सरकारी सेवा सुविधा प्राप्त गर्ने हरेकले छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेको हो । आँबुखैरेनीले अघिल्लो शैक्षिक सत्र बाटै यो निर्णय गरी कार्यान्वयन गरिरहेको छ भने…

Read More

आफ्नै ५ वर्षीय छोराको हत्या गर्ने आमा पक्राउ

चितवन –  सिरहामा आफ्नै ५ वर्षीय छोराको हत्या गरी शव लुकाएको आरोपमा आमा ३४ वर्षीय सरीताकुमारी साह पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सखुवानन्कारकट्टी गाउँपालिका ५ घर भई हाल लहान नगरपालिका १ मा बस्ने साहले ५ वर्षीय छोरा आयुष साहको हत्या गरेर उनले सुत्ने पलंगमा लुकाएकी थिइन् । गत वैशाख ११ गते…

Read More