matribhumionline

देशका धेरै ठाउँमा वर्षा : नवलपुर र दाङमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । मनसुनी प्रणाली सक्रिय भएका कारण हिजो बेलुकादेखि विभिन्न क्षेत्रमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै दाङको पदमपुरमा १०२ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ । यस्तै बर्दीयाको रानी जरुवा नर्सरी जल मापन केन्द्रमा ९४…

Read More

आज गाईजात्रा पर्व ननाईदै, बागमती प्रदेशमा सार्वजनिक बिदा

काठमाण्डौ – आज गाईजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ मनाउने गरिन्छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि दिवङ्गत भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन्…

Read More

करिव १५ घन्टा पछि चितवनको नारायणी नदी किनारबाट बाघ नियन्त्रणमा

भरतपुर चितवन –  आइतबार बिहान नारायणी नदी किनारमा एक जनालाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ । चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राति बाघ नियन्त्रणमा लिएका हुन् । अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएर चितवन राष्ट्रिय निकुञ्मा बाघ लिएर गएका छन् ।

Read More

बाघको आक्रमणबाट भरतपुरमा एकजना घाइते

भरतपुर चितवन –  बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते भएका छन् । ‘मोर्निङ्ग वाक’ को क्रममा उनी बाघको आक्रमणमा परेका हुन् । भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उनलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनको…

Read More

नेपालमा भारतीय टेलिभिजन च्यानलको प्रसारण बन्द

चितवन –  नेपालमा चर्चित रहेका केही भारतीय टेलिभिजन च्यानलले नेपालमा आफ्नो प्रसारण रोकेका छन् । दुई वर्षदेखि च्यानल प्रयोगवापतको भुक्तानी नपाएको भन्दै भारतीय टेलिभिजन नेटवर्कले आफ्ना च्यानलको प्रसारण बिहीवारदेखि रोकेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । भारतका कलर्स, स्टार, जी र सोनी नेटवर्कअन्तर्गतका च्यानलको प्रसारण रोकिएको हो । सरकारले विदेशी मुद्राको सिफारिस नदिएका…

Read More

रातो मच्छिन्द्रनाथको भोटो जात्राको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौ –  वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई झन्डै आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिनुभयो ।…

Read More

आश्मालाई मिस नेपालको ताज

चितवन –  आश्मा कुमारी केसीले सन्-२०२४ को मिस नेपाल वर्ल्डको उपाधि जितेकी छन् । शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा आश्माले मिस नेपालले उपाधि जितेकी हुन् । त्यस्तै, मिस नेपाल अर्थ सुमना केसी बनेकी छन् भने करुणा रावतले मिस नेपाल इन्टरनेसनलको उपाधि हात पारेकी छन् । त्यस्तै, यस प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८१ साल साउन २० गते आइतबार तदनुसार सन् २०२४ अगष्ट ४ तारिख। साउन कृष्ण पक्षको औंसी तिथि। चन्द्रमा अनुसार  व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। जस अनुसार आज तपाईंको दैनिकी यस्तो रहनेछ मेष : आज अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। यस्ता खबरले खानामा अरुची बढ्नेछ। खान मन नलाग्दा स्वास्थ्यमा समस्या हुनसक्छ। धन आर्जनको भने अवसर मिल्नेछ।…

Read More

मौलाकालिका देविको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन – आज २०८१ साल साउन १९ गते शनिबार तदनुसार सन् २०२४ अगष्ट ३ तारिख। साउन कृष्ण पक्षको चतुर्दशी तिथि। चन्द्रमा अनुसार व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। यस्तो रहनेछ तपाईंको आजको दैनिकी मेष : दिन तपाईंले सोचेजस्तो नहुनसक्छ। खर्च बढ्ने योग छ। अप्ठेरो परिस्थितिमा तपाईंको पक्षमा न्याय प्राप्त हुनेछ। एकल लगानी नगर्नु राम्रो हुन्छ। साझेदारीमा लगानी…

Read More

कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण

चितवन –  राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् अर्थात ग्रेडेड भएका छन् ।  बोर्डका अनुसार ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड भएका छन्, अर्थात अनुत्तीर्ण भएका छन् । आज बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । नतिजा सार्वजनिक भएपनि अनलाइनमा अपलोड हुन भने केही समय लाग्ने बोर्डले जनाएको…

Read More