नारायणी नदिको बाढीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीद्वारा उद्धार
चितवन – नारायणी नदीको बाढीले गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेका छन्। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, उद्धार गरिएका व्यक्तिहरू होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरूमा फसेका थिए। बाढीले घर डुवानमा परेका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पूर्वी नवलपरासीका विभिन्न क्षेत्र…
