matribhumionline

घट्यो सुनको मुल्य

चितवन –  आज सुनको भाउ एक सय रुपौयाँले घटेर तोलाको एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार छ सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज ५ रुपैयाँ घटेर तोलाको एक हजार…

Read More

एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु

चितवन –  एभरेस्ट महिला भलिबल लिग आजदेखि शुरु हुँदैछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आजदेखि नेपालको पहिलो फ्रेन्चाइ लिग भलिबल शुरु हुन लागेको हो । यही असोज १९ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा मधेस युनाइटेड, काठमाण्डौ स्पाइकर्स, ललितपुर क्विन्स, चितवन शक्ति, गण्डकी थन्डर्स, कर्णाली यस्विसले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा उच्चस्तरका विदेशी खेलाडीको…

Read More

निःशुल्क मुटु उपचार कार्यक्रम प्रदान गर्न सिएमसीद्वारा माग

चितवन –  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा विगत १२ वर्षको अवधिमा १० हजार बढी मुटुका शल्यक्रिया भएका छन् । विसं २०६९ भदौ १ गतेबाट सुरु भएको मुटु उपचारमा हालसम्म आइपुग्दा १० हजार दुई सय ५० शल्यक्रिया भएका हुन् । विश्व मुटु दिवसका अवसरमा अस्पतालद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा मुटु उपचारमा अस्पताल अग्रणी बनेको जानकारी…

Read More

बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु

काठमाडौं–  शुक्रबार र शनिबार भएको अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परी हालसम्म १९२ जनाको मृत्यु भएको पुष्टि भएको छ । यस्तै, ३० जना बेपत्ता भएका छन् । प्राकृतिक विपदमा १९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म…

Read More

२०८१ सालको बडादसैँको टीकाको शुभ साइत

चितवन –  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैँको टीकाको साइत सार्वजनिक गरेको छ । विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले जानकारी दिए । समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११:…

Read More

बाढीपहिरोमा परी देशभर एक सय ७० जनाको ज्यान गयो

चितवन –  बाढीपहिरो र डुबानका कारण देशभर एक सय ७० जनाक ज्यान गएको छ । ४२ जना बेपत्ता भएका र एक सय ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढी, पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले…

Read More

नेपाल टेलिकमको दशै अफर सार्वजनिक

चितवन –  नेपाल टेलिकमले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा ‘दशैँ अफर २०८१’ सार्वजनिक गरेको छ  । याे अफरअन्तर्गत भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू आजदेखि कार्तिक २३ गतेसम्म उपलब्ध हुनेछन् । टेलिकमका हरि ढकालका अनुसार साविकका एफटीटीएचका प्याकेजहरूमा साविककै मूल्यमा थप ब्यान्डविथ उपलब्ध गराइएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच…

Read More

अहिलेसम्म झ्याप्ले खोलाको पहिरोबाट ३५ शव निकालियो

काठमाडौं– पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार अहिलेसम्म २१ जनाको शव निकालिएको हो । अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गरिदिन खानीखोला प्रहरीले अनुरोध गरेको छ । झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म…

Read More

घट्यो सुनको मुल्य

चितवन –  अस्ति शुक्रवार कीर्तिमान कायम गरेको सुनको भाउ आज घटेको छ । आज सुनको भाउ छ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । अस्ति शुक्रवार अहिलेसम्मकै महङ्गो तोलाको एक लाख ६१ हजार दुई सय रुपैयाँ थियो । यस्तै आज चाँदीको भाउ…

Read More

हात्तीको आक्रमणमा परि किसानको मृत्यु

कञ्चनपुर –  हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानाले बताए । उनी हात्ती धपाउन गएका थिए । घटनास्थलतर्फ प्रहरी गइसकेका जानकारी उनले दिए ।

Read More