matribhumionline

झाडीमा १ बेवारिसे नवजात शिशु फेला

बाजुरा –  त्रिवेणी नगरपालिका ४ तोली नजिकै झाडीमा एक बेवारिसे नवजात शिशु फेला परेको छ । ०८० भदौ ४ गते दिउँसो शिशु फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । स्थानीय गोठालाले बेवारिसे शिशु देखेपछि प्रहरीलाई जानकारी गराएको थियो । जानकारीपछि मौरे प्रहरी पोष्टबाट खटिएको टोलीले उक्त शिशुलाई ल्याएको थियो ।…

Read More

अबको ४ घण्टामा नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्ने

भरतपुर चितवन –  पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड १२ घण्टादेखि ठप्प छ । चितवनको इच्छाकामना गाउँपालिका–५ टोपेखोला नजिक हिजो बेलुका ८ बजे पहिरो खसेको हो । पहिरो पन्छाउन दुई वटा मेसिन, एउटा एक्स्काभेटर खटाइएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । थप पहिरो नखसे अबको चार घण्टामा एकतर्फी सडक खुलाइने कार्यालयका सब-इञ्जिनियर सुजन थापा मगरले…

Read More

राप्ती र नारायणी नदीमा १९२ जनालाई माछा मार्न अनुमति

चितवन –  चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने राप्ती र नारायणी नदीमा माछा मार्नका लागि १९२ जनाले अनुमति पाएका छन् । परम्परागतरूपमा माछा मार्दै आएका उनीहरूको अनुमतिपत्र निकुञ्जले नवीकरण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अनुमतिपत्र लिनेमा बोटे, माझी, मुसहर, कुमाल, थारू समुदायका रहेका छन् । उनले भने, ‘अनुमति लिनेको सङ्ख्या दुई सय…

Read More

सुतिरहेका आमा र बच्चामाथि मध्यरातमा छुरा प्रहार

बझाङ –   बझाङको एक परिवारमा गयराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार हुँदा तीन जना घाईते भएका छन् । जिल्लाको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो। घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा…

Read More

पर्यटकको पर्खाईमा सौराहा राप्ती किनार

चितवन –  दैनिक चार हजारसम्म कमाउने सौराहाका टाँगाचालक अहिले मुस्किलले तीन सय पनि कमाउन नसकेको बताउँछन्। दिनभर कुर्दा एकजना पनि पर्यटक नपाएर फर्किएको अनुभव सौराहाका टाँगाचालकको छ। राप्ती किनार र होटलबाहिर पर्यटक आउने आशामा बसिरहेका देखिन्छन् उनीहरू। अहिले पर्यटनको अफ सिजनले प्रभावित छन् यहाँका साना व्यवसायी पनि। ‘अचेल त कुनै दिन बोहनी पनि हुँदैन कहिलेकाहीँ…

Read More

नवलपरासीपूर्व नवलपुरमा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते

नवलपुर –  पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्युखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौँका लागि छुटेको सुपप्र०१–००१ख २९८६ नम्बरको बस ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो । विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित घ्युखोलामा आज बिहान उक्त बस दुर्घटनामा…

Read More

देशभर ९२ प्रतिशत रोपाइँ

चितवन –  देशभर ९२ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको हो । तर, अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ ११ प्रतिशतले कम छ । कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार प्रदेशगत रुपमा कोशीमा ९७ प्रतिशत,…

Read More

कुटपिटबाट घाइते १ युवाको मृत्युपछि ५ जना पक्राउ

रुकुम  –  कुटपिटबाट घाइते भएका एक युवाको ज्यान गएपछि जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश पाण्डेका अनुसार पक्राउ पर्नेमा भूमे गाउँपालिका वडा नम्बर– ५ का ३१ वर्षीय चन्द्रबहादुर बुढा, २८ वर्षीय भाग्य बुढा, २५ वर्षीय ताराबहादुर बुढा, २५ वर्षीय रस्तबहादुर बुढा र…

Read More

प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि, गरेपछि ५ व्यापारीलाई कारबाही

चितवन –  भारतले प्याजको निर्यातमा भन्सार बढाएको भोलिपल्टै नेपाली बजारमा प्याजमा कालो बजारी र चर्को मूल्यवृद्धि भएको देखिएको छ । एक दिनमै प्याजको मूल्य प्रतिकिलो २० रुपैयाँ सम्मले बढेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमनमा देखिएको छ । भारतले निर्यातमा कर बढाउनु अगावै नेपाल भित्रिसकेको र मौज्दात रहेको प्याजमा चर्को मूल्य वृद्धि भएपछि वाणिज्य…

Read More

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेकाे पहिरो पन्छाउन ५/६ घण्टा लाग्ने

चितवन –  नारायणगढ–मुग्लिन सडक खण्डकाे टाेपेखाेला नजिक खसेको सुक्खा पहिरो पन्छाउन अझै पाँच/छ घण्टा लाग्ने भएको छ । गएराति ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम निरन्तर भइरहेकाे सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । ‘हिजो राति १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको…

Read More