matribhumionline

९ वर्षीय बालिका अपहरण गर्ने २ छिमेकी पक्राउ

रौतहट –  प्रहरीले बालिका अपहरण गरेको आरोपमा दुईजनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। रौतहट जिल्लाको माधवनारायण नगरपालिका–५ बस्ने अवधेशकुमार महतोकी ९ वर्षीया छोरी खुश्बुकुमारी महतो गत भदौ १४ गते साँझ घर छेउबाटै हराएकी थिईन् । घरपरिवारले खोजतलास गर्दैजाँदा छिमेकीले अपहरण गरेको खुल्न आएको थियो । त्यसपछि उनीहरुले इलाका प्रहरी कार्यालय गरुडालाई जानकारी गराएका थिए…

Read More

मूर्ति विसर्जनको क्रममा भएको झगडाले सर्लाहीको मलङ्वा तनवग्रस्त

सर्लाही –  मूर्ति विसर्जन गर्ने क्रममा दुई समुदायबीच भएको झडपलाई लिएर सर्लाहीको मलङ्वा तनवग्रस्त बनेको छ । हिजो (शुक्रबार) साझ मूर्ति विसर्जनका क्रममा दुई समुदायबीच झडप भएको थियो । हिजो रातिदेखि अवस्था केही सहज भएपनि आक्रोशित युवाहरुले आज (शनिबार) चोक–चोकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । स्थितिलाई नियन्त्रणमा लिन र सम्भावित दुर्घटना हुन नदिन…

Read More

सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप ३ जना पक्राउ

चितवन –  ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनामा उनिहरु पनि जोडिएका केही संकेत पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको प्रहरी प्रवक्ता डिआइजी…

Read More

जङ्गली हात्तीद्वारा बीस बिघाको धानबाली नष्ट

चितवन –  शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका २५ बढी परिवारको झण्डै २० बिघा क्षेत्रफलमा लगाइएको धानबाली जङ्गली हात्तीको बथानले नष्ट गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट छिर्ने हात्तीको बथानले करिब २० बिघामा लगाइएको धानबालीमा क्षति पुर्‍याएको हो । स्थानीय राजबहादुर तमोली वर्षभरि खानका लागि खेतमा रोपेको धान पाक्नै लागेका बेला जङ्गली हात्तीको बथानले खाएर सखाप…

Read More

सेती नदीमा बगेर एक बालक बेपत्ता

डोटी  –   डोटीको सेती नदीमा बगेर एक बालक बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका–११ सिमारका प्रकाश नेपालीका अढाइ वर्षीय छोरा रेन्जर नेपाली नदीमा बगेर बेपत्ता भएका हुन् । शुक्रवार हिजाे दिउँसो नदीमा लुगा धुन फुपूसँगै गएका रेञ्जर बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक राजेन्द्र चन्दले जानकारी दिनुभयो । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ…

Read More

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

चितवन –  आफ्ना मतदाता र स्थानीय जनतासँग जनभेटघाट गर्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदैछन् । नेकपा (माओवादी केन्द्र) को तिन महिने अभियान अन्तर्गत गोरखामा आज आयोजना गरिएको कार्यक्रमका लागि प्रधानमन्त्री गोरखा लागेका हुन् । कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले अहिले बिहान ११ बजे पालुङटार वडा नम्बर २ स्थित रातडाँडामा सहिद सुरेश वाग्ले स्मृति…

Read More

अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ

चितवन –  अमेरिका पठाइदिने भन्दै मानव बेचविखन गर्ने गिरोहका नाइके पक्राउ परेका छन् । नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतमलाई गएको बुधवार रुपन्देहीबाट पक्राउ गरिएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ । प्रहरीका अनुसार उनको समूहले २ करोडभन्दा बढी ठगी गरेको पाइएको छ। गौतमले अमेरिकामा बसेर वर्षाैँदेखि नेपालमा मानव तस्करीको धन्दा चलाउँदै आएका प्रहरीले…

Read More

बीपी प्रतिष्ठनको गाडीको ठक्करबाट आफ्नै कर्मचारीको मृत्यु

धरान –  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको को १ क ११५९ नम्बरको बसले ठक्कर दिंदा आफ्नै कर्मचारीको मृत्यु भएको छ। शनिबार धरानको जिरो पोइण्टमा उक्त बसले प्रतिष्ठानमा कार्यरत कर्मचारी प्रभु चौधरी र अमरिता लिम्बू सवार प्रदेश १ -०२-०५२ प १९५२ नम्बरको स्कुटीलाई ठक्कर दिएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुभाष केसीले…

Read More

यस्तो रहनेछ आजको मौसम

चितवन –  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण हाल देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ४२ पैसा र बिक्री दर १३३ रूपैयाँ ०२ पैसा रहेको छ। युरो एकको खरिद…

Read More