पूर्वी नेपालमा भूकम्पको धक्का

चितवन –  ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

Read More

विजयादशमीको शुभ साइतः नेपालमा असोज २६ र अष्ट्रेलियामा असोज २७ गते

चितवन –  अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले अष्ट्रेलियामा २०८१ असोज २७ गते (२०२४ अक्टोबर १३ तारिख) मा विजयादशमी मनाउनुपर्ने जनाएको छ । वैदिक परिषद् अष्ट्रेलियाबाट प्रकाशित ‘भाष्कर नेपाली पञ्चाङ्ग’मा विजयादशमी (टीका) र लक्ष्मी पूजा नेपालका पञ्चाङ्गसँग फरक हुन गएको भन्दै समितिले विज्ञप्ति जारी गरी अष्ट्रेलियामा असोज २७ गते मान्यजनका हातबाट दसैँको टीका लगाउनुपर्ने जनाएको हो । समितिका…

Read More

असोज ३ गतेदेखि धरहरा चढ्न पाईने

काठमाडौ – धरहरा आउँदो असोज ३ गतेदेखि सञ्चालन हुने भएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी सङ्घीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको छ । २०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरीस्वरूप…

Read More

मिस युनिभर्स नेपाल २०२४ को उपाधि “सम्पदा घिमिरे” लाई

चितवन –  मिस युनिभर्स नेपाल २०२४ को उपाधि सम्पदा घिमिरेले जितेकी छिन् । बुधवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित ग्राण्ड फिनालेमा उनी बिजेता बनेकी हुन् । यो जितसँगै सम्पदाले मेक्सिकोमा आउँदो नोभेम्बरमा हुने मिस युनिभर्स प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छिन् । मिस युनिभर्सको पाँचौं संस्करणमा विजेता सम्पदा घिमिरेलाई ग्लोबर ग्लामरकी नेसनल डाइरेक्टर संगीता…

Read More

चोरिएका ९६ वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौ –  काठमाडौं उपत्यकाभित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर…

Read More

१९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना हुदै

चितवन  – एशियाली क्रिकेट परिषद् (एसीसी) ले १९ वर्ष मुनिको महिला टी ट्वान्टी एशिया कप आयोजना गर्ने भएको छ । मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसीको कार्यकारी बोर्डको बैठकले एशिया कप गर्ने निर्णय गरेको हो । एशियामा उदीयमान महिला क्रिकेटरहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यले महिला टी ट्वान्टी एशिया कप गर्ने निर्णय गरेको एसीसीले जनाएको…

Read More

वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा  श्रीमान्‌ले गरे श्रीमतीको हत्या

चितवन –  वाई-फाईको रिचार्ज नगरेको विषयमा विवाद हुँदा  श्रीमान्‌ले श्रीमतीको हत्या गरेका छन् । मङ्गलबार बाराको निजगढ नगरपालिका-९ मा अन्दाजी ४६ वर्षीय विमलकुमार बस्नेतले ४० वर्षीया श्रीमती लक्ष्मी राईको खुर्पाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटना विवरण अनुसार बस्नेत बेलुका पौने ८ बजेतिर रक्सी पिएर घर फर्किएका थिए । त्यही क्रममा वाई-फाईको…

Read More

इजरायलले बिद्यालयमा आक्रमण गर्दा राष्ट्रसंघका ६ कर्मचारीसहित १८ को मृत्यु

इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा…

Read More

४२ जिल्लाका ६१ ठाउँमा चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

चितवन –  दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ । आमउपभोक्ताको हितलाई ध्यानमा…

Read More

सहकारी रकम अपचलनमा रवि सँग बयान लिँदै संसदीय समिति

चितवन –  सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ । सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको…

Read More