नारायणी नदिको बाढीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीद्वारा उद्धार

चितवन  – नारायणी नदीको बाढीले गैँडाकोट नगरपालिका–२ स्थित अक्सफोर्ड कलेज क्षेत्र र सुकुम्वासी बस्तीमा फसेका ७७ जनालाई सेना सहितको सुरक्षाकर्मीले उद्धार गरेका छन्। प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार, उद्धार गरिएका व्यक्तिहरू होटल रिभर क्राउन, नारायणी रिसोर्ट र स्थानीय घरहरूमा फसेका थिए। बाढीले घर डुवानमा परेका कारण उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। पूर्वी नवलपरासीका विभिन्न क्षेत्र…

Read More

नारायणीमा पानीको सतह बढेपछि नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खुल्ला

काठमाण्डौ – पानीको सतह बढेपछि नवलपरासीमा रहेको नारायणी नदीमा नेपाल भारत गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ । त्रिवेणी गण्डक क्षेत्रमा पानीको बहाव बढ्दै गएपछि नारायणी नदीको गण्डक नहरका ३६ वटै ढोका खोलिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदीको त्रिवेणी गण्डक क्षेत्रमा झण्डै चार लाख  क्युसेक पानीको बहाव…

Read More

विश्वकप लिग २ : क्यानडासँग प्रतिस्पर्धा गर्दै नेपाल

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ । यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले…

Read More

प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेट

प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओली र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच स्थानीय समयअनुसार शनिबार साँझ राष्ट्रसङ्घ भवनमा भेटवार्ता भएको हो। भेटमा विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। यसअघि प्रधानमन्त्री ओलीले दिउँसो आयोजित…

Read More

आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदै

चितवन –  आज राष्ट्रिय शिक्षा दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । गएको वर्षदेखि सरकारले असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउन थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नाराका साथ यो वर्ष हप्ताभरि देशैभर शिक्षा दिवस मनाउन  लागिएको हो ।…

Read More

नेपालले आज ओमानसँग खेल्दै

चितवन – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ । क्यानडाको किङ्ग सीटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे शुरू हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १०…

Read More

आजबाट सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू

चितवन – आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरू भएको छ । असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो । प्रतिपदा तिथि श्राद्धको पिण्डदान आज दिउँसोपछि गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्रा.डा.देवमणि भट्टराईले जानकारी दिनुभयो । चाडपर्व, यज्ञ तथा…

Read More

चितवन राष्ट्रिय निकुञ्जमा यसवर्ष आठ छावा थपिँदै

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोरमा एकै वर्षमा आठवटा छावा (हात्तीको बच्चा) थपिने भएका छन् । यसवर्ष दुईवटा बच्चा जन्मिसकेका छन भने छवटा जन्मिने क्रममाछन् । तालिम केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार गएको जेठ १२ गते कर्णालीकलीले भाले र जेठ १६ गते हिमालीकलीले पोथी छावा जन्माएका हुन् । यही असोजभित्रमा…

Read More

आज विश्वकर्मा पूजा : यस्तो छ महत्त्व

काठमाडौं– आज विश्वकर्मा पूजा ! प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान् विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ । नेपालमा मात्रै नभइ भारतमा पनि  विश्वकर्मा पूजा उल्लासपूर्ण रुपमा मनाउने गरिन्छ । विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरूको पूजाआजा गरिन्छ । हिन्दु संस्कृति अन्तर्गत…

Read More

आज इन्द्रजात्राको अवसरमा सार्वजनिक बिदा

काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको…

Read More