भरतपुर अस्पताललाई पुरानो मेडिकल कलेजसँगको भाडा सम्झौताको विवरण पठाउन पत्र
भरतपुर – भरतपुर महानगरपालिका १० को वडा कार्यालयले पुरानो मेडिकल कलेजसँगको भाडा सम्झौता विवरण पठाउन भरतपुर अस्पताललाई पत्राचार गरेको छ । कलेजले सम्झौता बमोजिमको करोडौं रुपैयाँ अस्पताललाई नदिएको समाचार आएपछि भरतपुर १० का वडाअध्यक्ष परमेश्वर खनालले सक्रियता देखाएका हुन् । भरतपुर अस्पताल भरतपुर–१० मा पर्छ । वडाध्यक्ष खनालले अस्पताललाई पत्र पठाउँदै कलेज अफ मेडिकल साइसेन्स…
