प्रहरीद्वारा ५ कट्ठा खेतमा लगाइएको गाँजाको बोट फँडानी
सिराहा – प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका– ८ चियाबारीमा अवैध रूपले लगाइएको करिब पाँच कट्ठा खेतको गाँजा फँडानी गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार मंगलबार धनगढीमाई नगरपालिका– ८ चियाबारी टोलका स्थानीयले आफ्नो आँगन, करेसाबारी र खेतबारीमा गरी करिब पाँच कट्ठा क्षेत्रफलमा लगाएको गाँजा फँडानी गरी नष्ट गरिएको हो । अस्थायी प्रहरी पोस्ट कसहाबाट प्रहरी…

