JIN0TkF.gif

रबि लामिछाने ले किन भेटे राष्ट्रपतिलाई

चितवन  –   राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन्। आइतबार साझ सभापति लामिछानेले शीतल निवासमा भेटेका हुन्। उनीहरूबीच संसद् गतिरोध अन्त्यका लागि छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। यस्तै, राष्ट्रपति पौडेलले संसद् खुलाउन मंगलबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।

Read More

निर्माण व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ –   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्माण व्यवसायीले उठाएका विभिन्न माग सम्बोधनका लागि आफू गम्भीर रहेको बताएका छन् । प्रधानमन्त्रीले सम्पन्न कामको भुक्तानी, मूल्य अभिवृद्धि करलगायतका विषयमा अर्थ मन्त्रालय र सम्बद्ध विषयगत मन्त्रालयलले आपसी समन्वयका आधारमा यथाशीघ्र माग सम्बोधन गर्न निर्देशन दिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले जानकारी दिए । प्रधानमन्त्रीले निर्माण…

Read More

भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुन्छौं – प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ । आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् । प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले…

Read More

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ–  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर तत्कालीन नेकपा (माओवादी) का २७ कार्यकर्ताको निधन भएको थियो । सो घटनाका पीडितले विभिन्न माग राखी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रधानमन्त्री…

Read More

आज सरकारविरुद्ध राष्ट्रिय युवा संघले प्रदर्शन गर्ने

काठमाडौँ–  नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज गठबन्धन सरकार विरुद्ध प्रदर्शन गर्ने भएको छ । गठबन्धन सरकारका गलत कदम विरुद्ध युवा संघले आज अपरान्ह ४ बजे काठमाडौंको नयाँ बानेश्वरमा प्रदर्शन गर्न लागेको हो । सुन तस्करी, सहकारी पीडितको माग सम्बोधन नगरेको, गाई भैँसीमा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान नदिएको, ललिता निवास…

Read More

तिम्रो गन्तव्य र विचार के हो ? रविलाई शान्ताको प्रश्न

काठमाडौं –   नेकपा (एमाले) की नेतृ शान्ता चौधरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामीछानेलाई महिलालाइ नहेप्न चेतावनी दिएकी छिन् । चौधरीले महिलाले पनि गाडी चलाउने र प्लेन उडाउने भन्दै महिलालाइ नहेप्न चेतावनी दिएकी हुन् । रास्वपा सभापति लामिछमनेले बुधबार चितवनमा महिलाहरुका लागि निशुल्क बस सेवा संचालन गरेका थिए । सोहि विषयमा चौधरीले टिप्पणि गरेकी हुन्…

Read More

अमेरिकी राजदूत थम्पसन र प्रधानमन्त्री प्रचण्ड बीच भेटवार्ता

काठमाडौं ।  नेपालका लागि अमेरिकी राजदूत डीन थम्पसनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्। राजदूत थम्पसनले बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। भेटमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन, दुई देशको सम्बन्ध, नेपालको आर्थिक विकासमा अमेरिकाले गर्नसक्ने सहयोग लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। उच्चस्रोतका अनुसार…

Read More

विपन्नलाई दिन ल्याइएको सोलार प्यानल आफन्तलाई

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका विपन्न परिवारका लागि निःशुल्क वितरण गर्न ल्याइएको सोलार प्यानल नगर प्रमुखको भाइ रोजचन्द्र राईले आफूखुसी आफ्ना नजिकका आफन्तलाई मात्र वितरण गरेपछि आलोचना शुरु भएको छ। नगर प्रमुख विमला राईले यही साउन ३ गते नगरपालिकाबाट आफ्नै गाडीमा हालेर वडा कार्यालय पुर्‍याएका २२ थान सोलार प्यानल सोही दिन उनका कान्छा भाइ…

Read More