JIN0TkF.gif

प्रधानमन्त्रीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो २ बजे सो बैठक बस्न लागेको हो । बैठकमा संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको उपस्थिति रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  गत शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाई गएको भूकम्प कारण एक सय ५७ जनाको ज्यान गएको तथा हजारौं घर क्षतिग्रस्त भएपछिको…

Read More

युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको छ – प्रचण्ड

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युवालाई स्वदेशमा नै भविष्य देखाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन–२०८० लाई सम्बोधन गर्दै उहाँले सहुलियतपूर्ण कर्जा सहजीकरण, युवामैत्री लगानी वातावरण निर्माण, स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई प्राथमिकतामा राखिएको बताउनुभयो । उहाँले हरेक क्षेत्रमा युवाको सार्थक सहभागिताका लागि सरकारले रणनीतिक रूपमा काम गर्दै आएको समेत…

Read More

प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्क जाँदै

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृतः २०३० को…

Read More

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

चितवन –  आफ्ना मतदाता र स्थानीय जनतासँग जनभेटघाट गर्न आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदैछन् । नेकपा (माओवादी केन्द्र) को तिन महिने अभियान अन्तर्गत गोरखामा आज आयोजना गरिएको कार्यक्रमका लागि प्रधानमन्त्री गोरखा लागेका हुन् । कार्यक्रम तालिका अनुसार प्रधानमन्त्री प्रचण्डले अहिले बिहान ११ बजे पालुङटार वडा नम्बर २ स्थित रातडाँडामा सहिद सुरेश वाग्ले स्मृति…

Read More

गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

काठमाडौँ –   सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ । गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो । काठमाडौंको रत्नपार्कस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गर्दै तरुण दलले…

Read More

कोशी सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुने

चितवन –  कोशी प्रदेश सरकारविरुद्धको रिटमाथि आजबाट सर्वोच्च अदालतको पुर्ण इजालासमा सुनवाई हुदैँछ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संबैधानिक हैसियतका बारेमा आजबाट सर्वोच्च अदालतको पुर्ण इजालसमा सुनवाई हुन लागेको हो । हिजो न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण इजलासमा पठाउने निर्णय गरे अनुसार सोमवारबाट पुर्ण…

Read More

आज राष्ट्रियसभा बैठक बस्दै

चितवन –  राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राइले ‘संविधान अनुसार बन्न बाँकी रहेका कानुनहरूको अध्ययन प्रतिवेदन, २०८० छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।   बैठक दिउँसो १ः०० बजेका लागि बोलाइएको छ ।

Read More

कावासोती नगरपालिका अध्यक्षद्वारा कुनै पनि सेवा सुविधा नलिने घोषणा

नवलपुर –  नेकपा (एमाले) कावासोती नगरपालिका अध्यक्ष रामकृष्ण ढ्ंगानाले नगर अध्यक्षको हैसियतमा कावासोती नगरपालिकाबाट कुनै पनि सेवा सुबिधा नलिएको जनाउनु भएको छ । आज (आइतवार) प्रेस बिज्ञप्ति जारी गर्दैै उहाँले एमालेलाई दुष्प्रचार गरेको भन्दै खण्डन गर्नुभएको छ । म मेरो निष्ठा र आर्दशबाट कुनै बिचलित छैन । म आवद्ध नेकपा (एमाले) पार्टीलाई समेत जोडेर भएका…

Read More

आज बुटवल जाँदै प्रधानमन्त्री ‘प्रचण्ड’

चितवन –   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बुटवल जाँदैछन्। उनी समाजवादी मोर्चाद्वारा आयोजना हुने घोषणसभालाई सम्बोधन गर्न बुटवल जान लागेका हुन् । सो सभालाई मोर्चामा आबद्ध अन्य चार दलका शीर्षनेताले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको जनता समाजवादीका नेता मनिकर कार्कीले जानकारी दिए । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने सभालाई…

Read More

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । रास्वपाले संसदीय दलमा सामूहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने…

Read More