JIN0TkF.gif

गौ हत्याको विरोधमा राप्रपाले आज काठमाडौँमा प्रदर्शन गर्दै

काठमाण्डौ –  राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । गौ हत्याको विरोधसहित राजतन्त्र पुनर्बहाली, हिन्दु राष्ट्रको माग, सङ्घीयता खारेजीलगायतको माग राखेर काठमाडौँमा प्रदर्शन गर्न लागेको हो । राप्रपा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार आज मध्याह्न १२ बजे भृकुटीमण्डपबाट प्रदर्शन सुरु हुनेछ । राप्रपाले गौ हत्या बढे पछि विरोध स्वरूप प्रदर्शन गर्दै…

Read More

राप्तीका वडा सदस्यमाथि भएको हातपातप्रति दोषीलाई उपमेयरद्वारा कारबाहीको माग

राप्ती चितवन –   राप्ती नगरपालिका–१० का वडा सदस्य मानकुमार चेपाङमाथि भएको हातपातप्रति राप्तीका उपमेयर देवेन्द्र लामाले आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरेका छन् । चेपाङलाई राप्ती–६ निवासी राम सेढाईं नेतृत्वमा रहेको ४/५ जनाको समूहले भण्डारा बजारमा हातपात गरेको थियो । लेनदेनको विषयमा हातपात भएको बुझिएको छ । विधिको शासन नमान्ने र कानुनलाई आफ्नो हातमा…

Read More

पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध

भरतपुर चितवन –   पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ टोपेखोलामा बिहान सुक्खा पहिरो खसेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङका अनुसार बिहान साढे ६ बजेतिर सुक्खा पहिरो खसेको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको छ । सडक दुईतर्फी अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु र…

Read More

नेम्वाङको निधनबाट मर्माहत छु – प्रधानमन्त्री प्रचण्ड

चितवन –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री प्रचण्डले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताउनु भएको हो ।  उहाँले लेख्नु भएको छ : ‘संविधानसभाका अध्यक्ष तथा पूर्व सभामुख कमरेड सुवास नेम्वाङको असामयिक निधनको खबरले मर्माहत भएको छु । दिवंगत कमरेड नेम्वाङप्रति…

Read More

नेम्वाङको शव श्रद्धाञ्जलिका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

चितवन –  हृदयघातबाट निधन भएका नेकपा (एमाले) का उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ को पार्थिव शरीर श्रद्धाञ्जलिका लागि भोलि (बुधबार) सम्म ललितपुरका च्यासलस्थिल पार्टी कार्यालयमा राखिने भएको छ । बालुवाटारस्थित आफ्नो निजी निवासमा गएराति उनलाई हृदयघात भएपछि उपचारका लागि महाराजस्थित शिक्षण अस्पताल लैजाने क्रममा नेम्वाङको बाटोमै निधन भएको थियो । स्नातक अध्ययनका क्रममा विसं…

Read More

भारतिय सवारीसाधान नेपालभित्र सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

चितवन –    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भारतीय मालवाहक र यात्रुवाहक सवारी साधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान सम्झौता तत्काल खारेज गर्न माग गरेको छ । महासङ्घको भदौ २२ र २३ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकको आइतबार निर्णय सार्वजनिक गर्दै भारतीय मालवाहक र यात्रुवाहक सवारीसाधन नेपालभित्र सञ्चालन गर्न दिने ७२ घण्टे असमान…

Read More

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी आन्दोलनमा

काठमाण्डाै –   पेसागत सुरक्षाको माग गर्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरुले आन्दोलन थालेका छन् । नेपाल प्रहरीसहित विभिन्न निकायले सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा अनावश्यक रुपमा दुःख दिएको भन्दै उनीहरुले हिजो ३ घण्टा पेन डाउन गरेका छन् । आज र भोलि कार्गो जाँचपास शाखामार्फत् हुने निकासी तथा पैठारीको काम बन्द गर्ने उनीहरुको कार्यक्रम छ ।…

Read More

आज बिदेशी मुद्राको बिनिमय दर

चितवन –   नेपाल राष्ट्र बैंकले आज भदौ २५ गते सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४२ पैसा र बिक्री दर १३३ रुपैयाँ ०२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४१ रुपैयाँ ७० पैसा र बिक्री दर १४२ रुपैयाँ ३४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

सहकारी पीडितलाई प्रहरीमा उजुरी गर्न अपिल

म्याग्दी –   जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट पीडित भएकालाई उजुरी गर्न अपिल गरेको छ । एक वर्षअघि बेनी नगरपालिका–८ न्यूरोडमा स्थापना भएको सहकारी छ महिनायता बन्द छ । सहकारी ऐनसम्बन्धी कसुरमा गत असार १७ गते दर्ता भएको मुुद्दाको अनुसन्धानका क्रममा थप पीडित बचतकर्तालाई पनि उजुरी गर्न आह्वान गरिएको कार्यालयका सूचना…

Read More

आज वीपी कोइरालाको ११०औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

चितवन –  आज नेपाली कांग्रेसका संस्थापक एवम् प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ११०औँ जन्मजयन्ती । विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएका कोइरालाको जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेस र पार्टीका भ्रातृ सङ्गठनले देशभर कार्यक्रम गर्दैछन् । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई…

Read More