नारायणी नदीमा फसेका २ जनालाई पाँच घण्टापछि सकुशल उद्धार
चितवन – पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका–६ बुटवलबजारमा नारायणी नदीको भङ्गालमा माछा मार्ने क्रममा फसेका दुई जनालाई पाँच घण्टापछि उद्धार गरिएको छ । सशस्त्र प्रहरी बलको गोताखोरले उनीहरुलाई सकुशल उद्धार गरेको हो । माछा मार्ने क्रममा तीन जना फसेकोमा एक जना पौडिएर बाहिर आएका थिए । अरू दुई जना गैंडाकोट नगरपालिका–५ का ५० बर्षका ओमबहादुर गुरुङ…

