JIN0TkF.gif

आज इन्द्रजात्राको अवसरमा सार्वजनिक बिदा

काठमाण्डौ – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने इन्द्रजात्रा पर्व काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रेको धुलिखेल, दोलखालगायत ठाउँमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको यःसिं ठड्याइएपछि शुरु हुने यो जात्रा विभिन्न नाचगान, रथयात्रा र देवीदेवताको…

Read More

पूर्वी नेपालमा भूकम्पको धक्का

चितवन –  ताप्लेजुङ जिल्लाको ल्होनाक आसपास केन्द्रबिन्दु भई ४.६ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार राती १२ : ०८ मा भूकम्प गएको हो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन ।

Read More

चोरिएका ९६ वटा मोटरसाइकल र स्कुटर धनीलाई फिर्ता

काठमाडौ –  काठमाडौं उपत्यकाभित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा सङ्लग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर…

Read More

४२ जिल्लाका ६१ ठाउँमा चाडबाड लक्षित सहुलियत पसल सञ्चालन हुने

चितवन –  दशैँ, तिहार र छठको लागि आउँदो असोज ७ गतेदेखि सहुलियत मूल्य पसल सञ्चालन हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगम, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र दुग्ध विकास संस्थानलाई परिपत्र गर्दै चाडबाड लक्षित सहुलियत पसल सञ्चालन गर्न भनिसकेको छ । आमउपभोक्ताको हितलाई ध्यानमा…

Read More

सहकारी रकम अपचलनमा रवि सँग बयान लिँदै संसदीय समिति

चितवन –  सहकारीको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिँदैछ । सहकारीको रकम अपचलनको आरोप लागेका गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई समितिले शुक्रबार बयानका लागि बोलाएको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्त्वको सरकारका तत्कालीन उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि सरकारीको…

Read More

ड्राइभिङ लाइसेन्सको साटो राष्ट्रिय परिचयपत्र देखाए पुग्ने व्यवस्था गर्न समझदारी

काठमाडौं – आगामी दशैं अगावै सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)लाई राष्ट्रिय परिचयपत्रसँग आबद्ध गर्ने तयारी गरिएको छ । यस कार्यको लागि ३० साउनमा यातायात व्यवस्था विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कट्टेलले सो समझदारी…

Read More

कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटियो

काठमाडौ –  कोशी नदीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी,…

Read More

कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौ –  अविरल वर्षासँगै गएको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडक खण्ड अन्तर्गत गएराती आएको अविरल वर्षाले कालिकोट जिल्लाको एसमोड र हुल्ममा पहिरो आउँदा आज बिहानैदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिए । बाढी पहिरोले बन्द भएका सडक खुलाउने काम भइरहेको सडक डिभिजन…

Read More

गोरखासँग जोडिएका चीनतर्फको सीमा नाका ५ वर्षपछि खुल्ला

गोरखा – गोरखासँग जोडिएको चीनतर्फको दुई वटा सीमा नाका खुलेका छन् । सामागाउँको रुइला नाका र छेकम्पारको ङुइला नाका छोटो समयका लागि खुला भएका चुमनुब्री गाउँपालिकाका अध्यक्ष नीमा लामाले जानकारी दिनुभयो । छेकम्पारतर्फको ङुइला नाका हिजोदेखि एक महिनाको लागि र सामागाउँतर्फको रुइला नाका आजदेखि १५ दिनका लागि खुला गरिएको जानकारीमा आएको उहाँको भनाइ छ ।…

Read More

लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध

नवलपुर – नवलपुरमा गएरातीदेखि निरन्तर वर्षा भइरहेको छ । लगातारको भारी वर्षाका कारण कालिगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार बौदीकालि गाउँपालिकाका वडा नं। ३ जन्तीपहिरोमा लेदोसहितको पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो । रातीदेखि लगातार पानी परिरहेकाले पानी रोकिएपछि मात्र…

Read More