JIN0TkF.gif

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर

चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । रङ्गशाला निर्माण कार्य अहिलेसम्म १० प्रतिशत सकिएको छ । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक…

Read More

नवलपुरबाट १ लाख ४ हजार नगदसहित तास खेलिरहेका ५ जना पक्राउ

नवलपुर –  कावासोतीबाट १ लाख ४ हजार नगदसहित  तास खेलिरहेका ५ जना पक्राउ परेका छन् । कावासोती २ हिमाल चोक निवासी ४० बर्षीय उज्जवल मल्लको घरबाट मल्ल सहित ५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले बताए । प्रहरीले उनीहरूको साथबाट १ लाख ४ हजार ५ सय ९५ रूपैयाँ नगद…

Read More

आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली

चितवन –  आज देशका धेरैजसो क्षेत्रमा मौसम बदली भएको छ । कतै–कतै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले बदली र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र…

Read More

अवैध काठ ओसारपसारमा संलग्न ट्याक्टरसहित एकजना पक्राउ

चितवन – कपिलवस्तुको विजयनगर गाउँपालिका–६ जुडपनीयाबाट सिसौँको काठ ‘लोड’ गरिएको ट्याक्टरसहित एक जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ लु ३ त २२९१ नम्बरको ट्याक्टरमा १० थान सिसौँको गोलिया काठ अवैध रूपमा ओसारपसार गर्दै गरेको अवस्थामा स्थानीय दुर्गाप्रसाद आरखसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको वन अधिकृत वली मोहम्मद खानले जानकारी दिए । चोरी तथा निकासी भइरहेको सूचनाका आधारमा…

Read More

एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ

काठमाडौ – दाङमा एक लाख रुपैयाँसहित ११ जना जुवाडे पक्राउ परेका छन् । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले एक लाख छ हजार छ सय पचास रुपैयाँसहित जुवा खेल्दै गरेका ११ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दङ्गीशरण गाउँपालिका– ३ का गणेश योगी, मेघराज रजौरे, लम्बुधर चौधरी,…

Read More

बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटकलाई दसैँको टीका

तनहुँ –  तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दसैँको टीका लगाउन पाउँदा दंग परेका छन्। केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक शनिबार दसैँको टीका लगाउन पाउँदा दंगसँगै खुसी भएका थिए । बन्दीपुरस्थित होटेल हिमालय दरबारमा बसेका उनीहरूलाई होटेल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए। होटेलका सञ्चालक वैश गुरुङले दसैैँको टीका र…

Read More

भारतमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या

भारतको मुम्बईमा एनसीपीका नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ । गएराति मुम्बईको बान्द्रा पूर्वमा नेता सिद्दिकीमाथि गोली प्रहार भएको थियो । छातीमा गोली लागेर गम्भीर घाइते भएका उहाँलाई लगत्तै लिलावती अस्पतालमा भर्ना गरिएको थियो । छोरा जिशान सिद्दिकीको कार्यालय जाँदै गर्दा आक्रमण भएको र घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको मुख्यमन्त्री…

Read More

सुख्खा पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध

काठमाडौ –  काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–८ मा गएराति खसेको सुख्खा पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा सयौं सवारी साधनहरु सडकमै लाइन लागेका छन् । दशैंका क्रममा ओहोरदोहोर गर्ने यात्रुहरु अलपत्र परेका छन् । अवरोध हटाउने कार्य भइरहेको काभ्रे प्रहरीले जनाएको छ ।

Read More

करेन्ट लागेर दुई जना बालिकाको मृत्यु

चितवन –  मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६ चिसापानीमा शनिबार  करेन्ट लागेर दुई जना बालिकाको ज्यान गएको छ । चिसापानीको कभर्ड हल छेउमा जडान गरिएको ११ केभी ‘पिन इन्सुलेटर’ भाँचिएर नजिकै रहेको फलामको पोलमा सर्ट हुँदा जमेको पानीमा विद्युत् प्रवाह भएको थियो । पानीमा प्रवाह भएको करेन्ट लागेर बाराको निजगढ नगरपालिका–१ निवासी नौ वर्षीया र हेटौँडा उपमहानगरपालिका–१६ की…

Read More

दशैँ टीकाको आज दोस्रो दिन, मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी

चितवन –  बडादशैँ टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहने छ । विजयादशमीको दिन घरपरिवारमा टीका लगाएकाहरुले दोस्रो दिन आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइ आशीर्वाद लिने गर्दछन् । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने गर्दछन् । कतिपय…

Read More