मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

चितवन – चितवनको भरतपुर महानगरपालिका–१५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम दशैँमा पनि निरन्तर भइरहेको छ । रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ । रङ्गशाला निर्माण कार्य अहिलेसम्म १० प्रतिशत सकिएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ । गएको साउनमा बिबिआर जेभीले निर्माणकार्य शुरु गरेको हो ।

भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । २०८३ साल पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५१ लाख रुपैयाँमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

रङ्गशाला निर्माण गर्न चालू आर्थिक वर्षमा सङ्घीय र प्रदेश सरकारले ५० करोड रुपैयाँ विनियोजन गरेका छन् । काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इञ्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्ष रुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ ।

What’s your Reaction?
+1
38
+1
13
+1
0
+1
0
+1
6
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000