JIN0TkF.gif

चितवनमा गाई भैंसी पालन सम्बन्धि निःशुल्क एक दिने कृषक तालिम सम्पन्न

चितवन –  चितवनमा गाइ भैसी पालन सम्बन्धि एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको छ। न्यू होप एग्रो बिजनेस नेपाल प्रालि र सुवर्ण तारा दुग्ध उत्पादक सहकारी संस्था लि को संयुक्त आयोजनामा शनिवार चितवनको खैरहनीमा एक दिने निःशुल्क कृषक तालिम सम्पन्न भएको हो। तालिममा खैरहनी -१० र ११ का करिब ६० कृषकलाई तालिम दिइएको छ…

Read More

अम्रिसो बेचेर तीन करोड बढी आम्दानी

चितवन –  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहाडी क्षेत्रमा रहेका कबुलियत वनमा लगाइएको अम्रिसोबाट तीन करोडभन्दा बढी आम्दानी भएको छ । गत आर्थिक वर्षमा सो वनमा लगाइएको अम्रिसोबाट दुई सय ५१ मेट्रिक टन अम्रिसो उत्पादन भएको थियो । यसबाट रु तीन करोड २६ लाख ३५ हजार आठ सय ५० आम्दानी भएको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी…

Read More

चिउरी र चमेरो संरक्षण गर्दै बाग्मती प्रदेश

चितवन – चेपाङ समुदायको उत्थानका लागि बाग्मती प्रदेश सरकारले चिउरी र चमेरो संरक्षण गर्ने भएको छ । यसका लागि सामाजिक विकास मन्त्रालयले कार्यविधि तयार गर्न लागेको छ ।  प्रदेश सरकारले चितवन, मकवानपुर र धादिङका छ पालिकामा यो कार्यक्रम लागू गर्ने तयारी गरेको छ । चेपाङ समुदायको बसोबास रहेको चितवनको राप्ती र कालिका नगरपालिका, चितवनको इच्छाकामना,…

Read More

चितवनका किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ

 चितवन – चितवनको पहाडी क्षेत्रमा चिउरीका बोट प्रशस्तै भेटिन्छन् । यतिबेला चिउरी फुल्ने मौसम भएकाले यहाँका मौरीपालक किसान मौरी चराउन चिउरी फुल्ने पाखातर्फ लागेका छन् । चिउरीको बोटमा यतिबेला फूल खेल्न सुरु भएको छ । रत्ननगर–४ भोकाहाका किसान रामबहादुर थापा दुई सय घार मौरी लिएर कालिका नगरपालिका–१० स्थित पाइमाराङमा पुगेका छन् । ‘तोरीमा फूल सकिँदै जान थालेपछि चिउरीमा चराउन मौरी लिएर आएका हौँ’,…

Read More

बाँझो जमिनमा घाँसखेती गर्नेलाई प्रतिरोपनी ३ हजार रुपैयाँ अनुदान

गोरखा  –  बाँझो जमिनमा घाँसखेती गर्न चाहने किसान वा कृषि समूहलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराइने भएको छ । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले चालु आर्थिक वर्षमा जिल्लाभित्र तीन वर्षदेखि बाँझो रहेको जमिनमा भुइँ घाँस तथा डाले घाँसखेती गर्ने किसानलाई अनुदान उपलब्ध गराउन लागेको केन्द्रकी निमित्त प्रमुख डा. शर्मिला कुमालले राससलाई जानकारी दिनुभयो ।…

Read More

चितवन लगायतका जिल्लामा उत्पादित हेलेज घाँस चीन निर्यात सुरु

चितवन –  नेपालबाट पहिलो पटक चीनतर्फ ८० टन हेलेज निर्यात भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार दैनिक २० कन्टेनरले चीन पठाइने व्यवस्था गरिएको छ। नेपालबाट भारतमा स्कुस, गोलभेँडा जस्ता तरकारीहरूको निकासी लागि भारतीय पक्षसँग छलफल भई हाल ती वस्तुको निकासी सहज भएको मन्त्रालयको भनाइ छ। यसका साथै मन्त्रालय तथा मातहतका…

Read More

दूध उत्पादक किसानलाई अनुदान वितरण

काभ्रे –  काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । आधुनिक कृषि सहकारी…

Read More

देशभर ९२ प्रतिशत रोपाइँ

चितवन –  देशभर ९२ प्रतिशत रोपाइँ भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गएको वर्षको तुलनामा यस वर्ष ३ प्रतिशत कम धान रोपाइँ भएको हो । तर, अन्नको भण्डार मानिने मधेस प्रदेशमा अघिल्लो वर्षको तुलनामा यसवर्ष रोपाइँ ११ प्रतिशतले कम छ । कृषि मन्त्रालयका सहप्रवक्ता तपेन्द्रबहादुर बोहराका अनुसार प्रदेशगत रुपमा कोशीमा ९७ प्रतिशत,…

Read More