मुख्य समाचार
JIN0TkF.gif

आँखा  पाक्ने रोग फैलिएपछि कमलामाई नगरपालिकाका विद्यालय ५ दिनका लागि बन्द

सिन्धुली –  आँखा  पाक्ने रोग फैलिएपछि सिन्धुलीको कमलामाई नगरपालिकाका विद्यालय पाँच दिनका लागि बन्द भएका छन् । कतिपय विद्यालयहरुमा आँखा पाक्ने रोगको प्रकोप देखिएको र सङ्क्रमण बढ्दै गएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ । जनप्रतिनिधि तथा शिक्षाका पेशागत सङ्घसंस्थाहरुसँगको आजको बैठकले भोलि २२ गतेदेखि २६ गतेसम्म पाँच दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय…

Read More

भदौमा सर्‍यो सीटीईभीटीको प्रवेश परीक्षा

काठमाडौँ — प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले शनिबार र आउँदो बुधबारलाई तोकेको प्रवेश परीक्षा दुई सातासम्मका लागि स्थगित गरेको छ । चिकित्सा शिक्षा ऐन कार्यान्वयनका विषयमा चिकित्सा शिक्षा आयोग र सीटीईभीटीबीचको विवादले प्रवेश परीक्षा प्रभावित भएको हो । रोकिएको परीक्षा भदौ २ र ६ गतेलाई तय गरिएको सीटीईभीटीले जनाएको छ । चिकित्सा शिक्षा ऐनविपरीत सम्बन्धन…

Read More

स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने तयारी

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयले स्नातक तहको प्रश्नपत्र अङ्ग्रेजी र नेपाली दुवै भाषामा सोध्ने गरी तयारी गरेको छ । अधिकांश क्याम्पसमा नेपाली माध्यमबाट पढाइ हुने र परीक्षामा अङ्ग्रेजी माध्यमबाट प्रश्नपत्र सोधिने हुँदा विद्यार्थीलाई सहज गराउन दुबै माध्ययमबाट प्रश्नपत्र सोध्ने तयारी भईरहेको हो । आगामी शैक्षिकसत्रदेखि दुवै भाषामा प्रश्नपत्र बनाउने बारे अध्ययन भईरहेको छ । हाल तीन…

Read More

आँखा पाक्ने समस्या देखिएपछि खैरहनीका विद्यालय २ दिन बन्द

चिततन –  बालबालिकामा आँखा पाक्ने समस्या बढ्दै गएपछि खैरहनी नगरपालिकाका विद्यालयहरु दुई दिनका लागि बन्द गरिएको छ । पालिकाभित्र रहेका विद्यालय तथा क्याम्पस साउन २१ र २२ गते दुई दिनका लागि बन्द गरिएको हो । नगर शिक्षा अधिकारी राजु बानियाँँले विद्यालय आउने विद्यार्थीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या देखिएपछि विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।…

Read More

छात्रवृत्तिकाे १५ परीक्षा केन्द्र

काठमाडौ –  काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका आवेदकहरूलाई १५ वटा परीक्षा केन्द्र तोकिएको छ । भानु मावि पानीपोखरी, विश्व निकेतन मावि त्रिपुरेश्वर, ज्ञानोदय मावि बाफल, जनप्रभात मावि कालीमाटी, जनकल्याण मावि बौद्ध, कन्या विद्या मन्दिर क्षेत्रपाटी, कुलेश्वर मावि कुलेश्वरमा केन्द्र तोकिएको हो । यस्तै, पद्मकन्या विद्याश्रम मावि डिल्लीबजार, पद्मोदय मावि रामशाहपथ, पशुपति मित्र मावि चाबहिल, रत्नराज्य मावि…

Read More

के साच्चै एसइई खारेज हुन लगेको नै हो ?

काठमाडौं ।   विद्यालय शिक्षा विधेयकले माध्यमिक शिक्षा परीक्षा (एसइई) खारेज गर्ने प्रस्ताव गरेको छ। मङ्गलबार मन्त्रीपरिषद् बैठकले सङ्घीय संसद्मा पठाउन स्वीकृत गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको हो। विद्यालय संरचनामा आधारभूत तह (कक्षा १–८) र माध्यमिक तह (कक्षा ९–१२) को व्यवस्था छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सूत्रका अनुसार आधारभूत तहको अन्तिम परीक्षा (कक्षा ८) सञ्चालनको…

Read More