मुख्य समाचार
JIN0TkF.gif

कक्षा ११ र १२ को ग्रेड वृद्धि आवेदन खुल्ला

चितवन –  राष्ट्रिय परीक्षा बोर्डको सानोठिमी भक्तपुरस्थित परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नियमित, ग्रेड वृद्धि तथा कक्षा ११ को ग्रेड वृद्धि परीक्षार्थीहरूको परीक्षा आवेदन फाराम भर्नेसम्बन्धी सूचना प्रकाशित गरेको छ । कक्षा ११ र १२ मा अध्यापनका लागि सम्बन्धन प्राप्त माध्यमिक विद्यालय तथा क्याम्पसमा अध्ययन गरी २०८१ सालमा सञ्चालन गरिने कक्षा ११ को ग्रेड…

Read More

एसइई परिक्षा चैत १५ गतेदेखि

चितवन –  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) १५ चैतदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको आइतबार बसेको बैठकले १५ देखि २७ चैतसम्म परीक्षा लिने निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले होली पर्वका कारण केही दिन धेकेलिए पनि नियमित क्यालेन्डरअनुसार नै परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताए । बोर्डले तयार पारेको वार्षिक कार्यतालिकाबमोजिम चैतको पहिलो…

Read More

चिसो बढेपछि सोलुखुम्बुका विद्यालय बन्द

चितवन –  सोलुखुम्बुमा अत्यधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द भएका छन् । अत्यधिक चिसोका कारण जिल्लाको दुई सय ६७ सामुदायिक विद्यालयमध्ये एक सय एक विद्यालयको पठनपाठन बन्द भएको छ । जिल्ला शिक्षा तथा समन्वय एकाइका प्राविधिक सहायक विरमाकुमारी खड्काका अनुसार जिल्लाको आठ स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालय हालसम्म बन्द भइसकेका छन् । केहीले बिदा…

Read More

सामुदायिक विद्यालयमा पढाउनेलाई निःशुल्क स्वास्थ्य बिमा

चितवन –  तनहुँको एक पालिकाले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने अभिभावक तथा विद्यार्थीको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस्तो सुविधा दिने भएको हो । सामुदायिक विद्यालयको शिक्षा सुधार अभियान अन्तर्गत स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको गाउँपालिकाका उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । पहिलो चरणमा यसै वर्ष पालिकाको भौगोलिक विकट तथा आर्थिक रूपले पिछडिएको क्षेत्र वडा…

Read More

एसईईमा नयाँ ग्रेडिङ प्रणाली लागू हुँदै

चितवन –  राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डाक्टर महाश्रम शर्माले यो वर्ष सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थीले कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताउनुभएको छ । नेशनल प्याब्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजना गरेकाे परीक्षा मार्गनिर्देशन कार्यक्रममा बाेर्डका अध्यक्ष शर्माले २०८० मा एसईई हुँदैन भन्ने भ्रममा नपर्न पनि विद्यार्थीलाई आग्रह…

Read More

दिवा खाजा रोकिँदा चेपाङ समुदायका बालबालिका समस्यामा

चितवन –  पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा । थरथर काम्दै विद्यालयको बेन्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका । अधिकांश चेपाङ बालबालिका अध्ययनरत यस विद्यालयमा अझ कतिपय बालबालिका त भोको पेटमा नै विद्यालय आउँछन् । विद्यालयमा खाजा खान पाइने भएकैले…

Read More

कृषि पढ्ने विद्यार्थी घटेपछि पाठ्यक्रम परिमार्जन गर्ने तयारी

चितवन –  कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् । पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर…

Read More

शिक्षक लाइसेन्स परीक्षामा ५० प्रतिशत विद्यार्थी फेल

चितवन –  शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र ९लाइसेन्स० को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७० परीक्षार्थीले लाइसेन्स परीक्षा…

Read More

कन्सल्टेन्सीहरूलाई अध्ययनको नाममा वैदेशिक रोजगारीमा पठाउन प्रतिबन्ध लगाउछौ – श्रममन्त्री

चितवन –  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) हरूलाई अध्ययन तथा कलेजको नाममा वैदेशिक रोजगारीमा पठाउन सरकारले प्रतिबन्ध लगाउने बताउनुभएको छ । हिजो बिहीवार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिकाे बैठकमा मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो । उहाँले पछिल्लो समय वैदेशिक रोजगारीका लागि व्यक्तिगत र…

Read More

आईटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति

चितवन –  स्नातक तहमा भर्ना हुन आउने एक सय विद्यार्थीलाई सनवे कलेजले छात्रवृत्ति दिने भएको छ । सफ्टएड समूह अन्तर्गतको यो कलेजले आफ्नो अर्को सहायक कम्पनी डिजी स्कुलसँग सहकार्य गरेर छात्रवृत्ति दिन लागेको हो । कलेजका अनुसार डिजी स्कुलसँग जोडिएका १०० बढी विद्यालयबाट हालै कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरू छात्रवृत्ति कार्यक्रममा सहभागी हुन पाउनेछन् । विद्यार्थीहरूले चार वर्षे…

Read More