matribhumionline

आज फलफुल तथा तरकारीको मुल्य

काठमाडौँ–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी १५० रुपैयाँ, टनेल गोलभेडा सानो ९५, घिउ सिमी लोकल ३०, काउली स्थानीय प्रतिकेजी ६० रुपैयाँ, आलु रातो ५०, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५०, लौका ४०, हरियो फर्सी ७०,…

Read More

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस मनाउदै

भरतपुर महानगरले अन्तराष्ट्रिय युवा दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ । दिगो विकास लक्ष्य प्राप्तिमा युवाको साथ  नवप्रवर्तन र उद्यमशीलतामा हरित सीप विकास भन्ने नाराको साथ अगस्ट ६ देखि १२ गतेसम्म दिवस मनाउन लागिएको हो । महानगरले भरतपुरका विभिन्न युवा तथा सामाजिक संघ संस्थासँगको सहकार्यमा विविध कार्यक्रम आयोजना गरेको छ । साउन २३ गते…

Read More

पुलिस रिपोर्ट अब अनलाइनबाटै

काठमाडौँ –   विदेश आउजाउका लागि चाहिने पुलिस रिपोर्टका लागि कन्सुलर सेवा विभाग धाउन नपर्ने भएको छ । विभागले आइतबारदेखि अनलाइनबाटै चारित्रिक प्रमाणपत्र पाइने व्यवस्था लागू गरेको छ । अब विभागको साइटमा गएर फाराम भरेर त्यसबापतको शुल्क डिजिटल वालेट वा बैंकमार्फत तिरेपछि सेवाग्राहीले इमेलबाटै रिपोर्ट पाउने भएका छन् । फाराम भरेर दस्तुर तिर्ने प्रक्रिया पुर्‍याएकाले दुई दिनमा पाउने रिपोर्ट…

Read More

अनुदानको मल महंगोमा बिक्री

काठमाडौं –  सरकारले अनुदानमा उपलब्ध गराएको मल बढी मूल्यमा बिक्री गरेको सूचनाका आधारमा पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले आइतवार अनुुगमन गरेको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि समितिले अनुुगमन गरेकोमा प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म बढी लिने गरेको पाइएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए । पोखरा…

Read More

ब्लु बसमा पनि रङ र रुटको समस्या

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ । यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था…

Read More

चितवनमा बाधको आक्रमणबाट १ को मृत्यु

चितवन –  खैरहनी नगरपालिकाको घोग्रेलामा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको पहिचान भने हुन सकेको छैन । कुमरोज मध्यवर्ती सामुदायिक वनका कोषाध्यक्ष उज्ज्वल बर्तौलाका अनुसार बाघले मान्छेलाई आक्रमण गरेर मारेको भए पनि परिचय खुलेको छैन । बाघ नियन्त्रणका लागि अहिले हात्तीसहितको टोली परिचालन गरिएको छ । जिपिएस जडान गरिको…

Read More

महादेवको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज २०८० साल साउन २२ गते सोमबार। ज्योतिष शास्त्र अनुसारआज तपाईंको दैनिकी कस्तो रहेको छ त  हेर्नुहोस आजको राशिफल मेष : आजको दिन उपलब्धिमुलक हुनेछ । साथीभाइबाट सहयोग मिल्नेछ। धन सम्पत्ति आर्जन हुनेछ। वृष : दिन राम्रो छ। सोचेर बोल्नुपर्ने देखिन्छ। मित्रहरु टाढिने भएकाले व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ। मिथुन : सम्पत्ति आर्जन हुनेछ। शिक्षामा गरेको श्रमको मूल्य…

Read More

सामाजिक सञ्जाल नियमन र व्यवस्थापनका लागि परामर्श सुरु

काठमाडौँ –  सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्धरुपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग सम्बन्धित लब्धप्रतिष्ठित व्यक्तिलेसमेत तथ्य–प्रमाणविना सामाजिक सञ्जालमा मनलाग्दी लेख्दा आफूहरूलाई अपूरणीय क्षति भएको भन्दै नियमन र व्यवस्थापनको माग आएपछि सरकारले परामर्श गरी सुझाव माग्न थालेको हो । सो विषयमा सूचना…

Read More

भोलिदेखि भरतपुर र रत्ननगरका बिधालय बन्द

भरतपुर । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकाले भोलिदेखि शैक्षिक संस्था बन्द गर्ने भएका छन् । भरतपुर महानगरले साउन २६ गतेसम्म बिदा दिन सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको छ । एडिनो भाइरसको संक्रमणका कारण आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएको छ । यस रोगको प्रकोपले बालबालिकाहरु बढी प्रभावित भएका…

Read More

भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुन्छौं – प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचार विरोधी अभियानमा अझ निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् । सरकारले लिएको नीतिका कारण माओवादीको शाख फर्केको उनको दाबी छ । आइतबार पार्टीको केन्द्रीय कमिटी बैठकमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रचण्डले सुशासनको अभियानले पार्टीलाई झन एकताबद्ध बनाएको बताएका हुन् । प्रचण्डले केन्द्रीय सदस्यहरूलाई सरकारले…

Read More