matribhumionline

१० हजार बढिमा डेङ्गुको सङ्क्रमण

काठमाडौं –  डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ । सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने सात जनाको मृत्यु भइसकेको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण…

Read More

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

आज २०८० साल साउन २५ गते बिहीबार। ज्योतिष शास्त्र अनुसार आज तपाईंको  दैनिकी कस्तो रहेको छ त ? हेर्नुहोस आजको राशिफल मेष : शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन्। आफन्तबाट सहयोग मिल्नेछ। वृष : दिन सामान्य राम्रो छ। बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ। शिक्षाको क्षेत्रमा धेरै राम्रो छ।…

Read More

पहिरोमा पुरिएर एक बालकको मृत्यु

दोलखा– दोलखामा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । बिगु गाउँपालिका–२ ओराङका १४ वर्षीय तिरिश तामाङको मृत्यु भएको हो । तामाकोशी नदीमा माछा मार्न गएका तामाङको पहिरोमा पुरिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिङगटीले जनाएको छ ।  उनी गए राति  माछा मार्न तामाकोशी नदी जाँदै गर्दा बाटोमा पहिरोले पुरिएका हुन् । तामाङसँगै गएका अन्य तीन…

Read More

मदन पुरस्कारका लागि यी ७ पुस्तक छानिए

काठमाण्डौ – मदन पुरस्कार गुठीले मदन पुरस्कार–२०७९ का लागि छनौट भएका पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । सूचीमा पाँच कृति छन् । गुठीलाई प्राप्त तीन सय १३ पुस्तकहरूबाट छनौटमा परेका सूचीमध्ये एउटा पुस्तकलाई सर्वश्रेष्ठ कृतिका रूपमा वर्ष–२०७९ को मदन पुरस्कार प्रदान गरिने गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभयो । छनौट भएका पुस्तकहरू : इजोरिया–…

Read More

चितवनमा घट्यो यातायात भाडा

भरतपुर –  बागमती प्रदेश सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएपछि चितवन जिल्लाभित्रको स्थानीय रूटको भाडादरमा पनि समायोजन गरिएको छ । जिल्लाभर स्थानीय सबैतर्फका रूटको भाडादरमा समायोजन गरिएको चितवन यातायात प्रालिका अध्यक्ष खेम आलेले जानकारी दिए । उनका अनुसार माडीको बगईदेखि टाँडीसम्म, गोलाघाटदेखि लोथरसम्मको भाडादरमा समायोजन भएको हो । लामो दूरीको भाडा घटेपछि जिल्लाभित्रका छोटो…

Read More

आँधीले १० लाख भन्दा बढी मानिस प्रभावित

न्यूयोर्क– पूर्वी अमेरिका अहिले गम्भीर आँधीको चपेटामा छ। न्यूयोर्कदेखि अलाबामासम्म करिब १० लाख घर र व्यवसायी विद्युत सेवाबाट वञ्चित छन्।  ठूलो आँधीका कारण हजारौं उडान पनि रद्द भएका छन् । आँधीका कारण करिब पाँच करोड मानिस समस्यामा परेका छन् । मंगलबार बिहानसम्म उत्तरी क्यारोलिनामा १ लाख, पेन्सिलभेनियामा ९५ हजार र मेरिल्याण्डमा ६४ हजार मानिसहरू अझै पनि बिजुली विहीन अवस्थामा छन् । हिजो एक हजारभन्दा बढी उडान…

Read More

दिउँसो १२ बजेपछि उडान नहुने

काठमाडौं –  नेपाल नागरिक उड्डयन प्राधिकरणले आँखाले हेरेर उडान हुने (भिएफआर) हिमाली र पहाडी जिल्लामा दिउँसो १२ बजेपछि व्यावसायिक हवाई उडानमा कडाइ गरेको छ । आन्तरिकतर्फका हवाई कम्पनीले पहाड तथा हिमालका विमानस्थलमा व्यावसायिक उडान समयमा चार्टर उडान गर्ने, तोकिएको उडान समयपछि उच्च भेगका विमानस्थलमा तीव्र गतिमा हावा चल्ने र उडान मार्गमा छिनछिनमा मौसम परिवर्तन भइरहने…

Read More

सोमबार यता बाढिपहिरोमा परि ४ को मृत्यु

सोमबारदेखिको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट सर्लाही, धनुषा र मकवानपुरमा गरी ४ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता छन् । तराईमा बाढी र पहाडमा पहिरोले धनजनको क्षति भएको छ । कैलालीमा ५ सय परिवार डुबानमा परेका छन् । सिन्धुलीको हरिहरपुरगढी र मकवानपुरको वाग्मती गाउँपालिकास्थित वाग्मती पुलको पहुँचमार्गमा बाढीले पुर्‍याएको क्षति । राजकुमार कार्की र कान्तिपुर भीमदत्त…

Read More

आज देशभरको मौसम

काठमाडौं –  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। त्यसैगरी, आज राती देशभर सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी…

Read More

१० लाखको रिचार्ज कार्ड हरायो

काठमाडौ – नेपाल टेलिकमले दश लाख रुपियाँको रिचार्ज कार्ड हराएको जनाएको छ । बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ । टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत अनुरोध गरेको छ ।

Read More