matribhumionline

नारायणी नदीमा हाम फालेर १ युवति बेपत्ता

चितवन – चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर आज बिहान एक महिला बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नारायणी नदीको पुलबाट हाम फालेर खैरहनी नगरपालिका वडा नं. ७ सुर्तनी घर भएकी २६ वर्षीया रिचा उप्रेती वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ । दिउसो पौने ३…

Read More

रास्वपा संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ –   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अपराह्न ५ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने गरी बोलाइएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।  बैठकमा संसदका विषयगत समितिका सभापतिहरूको निर्वाचन, संसदमा पार्टीले दर्ता गरेका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावको विषयमा छलफल हुने बताइएको छ । रास्वपाले संसदीय दलमा सामूहिक छलफल गरेर मात्र संसद बैठकमा सहभागी हुने…

Read More

आईफोनको प्रलोभन देखाउँदै ५० लाख ठगी गर्ने २ जना पक्राउ

चितवन –   सामाजिक सञ्चालमार्फत ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पकाउ पर्नेमा पर्सा जिल्ला बहुदामाई नगरपालिका वडा नं. ८ का का ३० वर्षीय राजकुमार पण्डित र रौतहट जिल्ला कटहरीया नगरपालिका नडा नं. १ का २१ वर्षीय उमेशकुमार यादव रहेका छन् । पण्डित र यादवलाई गत भदाै ४ गते ललितपुरबाट पक्राउ गरिएकाे नेपाल प्रहरी…

Read More

बढ्यो सवारी भाडा

चितवन –  बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुने गरी सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । इन्धनको मूल्य वृद्धि भएपछि बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडा बढाएको हो । प्रदेश सरकारका सचिव तीर्थराज भट्टराईका अनुसार नेपाल आयल निगमले इन्धनको मूल्यमा वृद्धि गरेपछि भाडादरमा समायोजन गरिएको हो । उनका अनुसार उपत्यकाबाहिर बागमती प्रदेशभित्र…

Read More

नवलपरासीमा पढ्दै कमाउँदै कार्यक्रमप्रति विद्यार्थीको मोह

चितवन –  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को सूर्यज्योति मावि हुप्सेकोट गाउँपालिका–१ जुकेपानीमा कक्षा ९ मा अध्ययन गर्ने सरुखा तामाङ हिजोआज विद्यालयमा पढ्नेमात्र होइन, सिलाइकटाइ तालिम पनि सिक्ने गर्छिन् । विद्यालयमा हरेक दिन बिहान ६ः०० देखि ७ः३० बजेसम्म सिलाइकटाइसम्बन्धी प्रशिक्षण हुन थालेको दुई महिनामा तामाङले कपडा सिलाउने धेरै अभ्यास गरिसकेकी छिन् । “सधैँ किताबमात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन…

Read More

कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किदा ४ जना घाइते

चितवन –  कावासोतीमा दुई वटा बस एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । गए राती साढे ३ बजे कावासोती नगरपालिकाको वडा नम्बर ३ मा पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको क।प्रदेश ०२–००१ ख ०७३७ नं।को बस र विपरीत दिशामा गुडिरहेको म।प्रदेश ०३–००१ ख ९१९० नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।…

Read More

कोशी प्रदेशमा डेङ्गीबाट १४ को मृत्यु

चितवन –  डेङ्गी सङ्क्रमणबाट कोशी प्रदेशमा अहिलेसम्म १४ जनाले ज्यान गुमाएका छन् । २२ हजार दुई सय ३७ जना सङ्क्रमित भएका छन् । डेङ्गीबाट सबैभन्दा धेरै सुनसरी जिल्ला प्रभावित छ । सुनसरीमा मात्रै १२ जनाले ज्यान गुमाएका प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत विवेचना चम्लागाईँले जानकारी दिनुभयो । उहाँका अनुसार सुनसरीमा मात्रै झण्डै १६ हजार…

Read More

आजको लागि बिदेशी मुद्राको बिनिमय दर

चितवन –  नेपाल राष्ट्र बैंकले आज भदौ ८ गते बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८२ पैसा र बिक्री दर १३२ रुपैयाँ ४२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०९ पैसा र बिक्री दर १४३ रुपैयाँ ७४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको…

Read More

पर्यटक नहुँदा हात्ती सफारी सङ्कटमा

सौराहा, चितवन  –  नेपालको प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक हो सौराहा । यहाँ चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुको अवलोकनका लागि पर्यटक आउने गर्छन् । दुर्लभ एकसिङ्गे गैँडालगायतका वन्यजन्तु हेर्न यहाँ आउने पर्यटक लालयित हुन्छन् । निकुञ्जभित्रका वन्यजन्तु हेर्नका लागि विसं २०४१ बाट हात्ती सफारी गर्ने गरिएको हो । यहाँ हात्ती चढ्नकै लागि पर्यटक आउने गर्दथे । तर…

Read More

प्रहरी हिरासतमै बलात्कार

राजविराज –  सप्तरीको प्रहरी हिरासतमा रहेकी एक महिला यातना, यौन उत्पीडन र बलात्कारको सिकार भएकी छन्। कर्तव्य ज्यान मुद्दामा पक्राउ परेपछि हिरासतमै रहेका बेला प्रहरी अधिकृतबाट आफूमाथि बलात्कार र यातना दिइएको ती महिलाले बताएकी हुन्। पेट दुखेपछि उनलाई उपचारका लागि वैशाख १२ गते राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो। जिल्ला प्रशासनबाट स्वास्थ्य परीक्षणका लागि अस्पताल…

Read More