निषेधाज्ञा हटेपछि धरानमा बिहानैदेखि चहलपहल
धरान – सुनसरीको धरानमा आज बिहानैदेखि चहलपहल शुरु भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानरमा शुक्रवार रातिदेखि लगाएको २४ घण्टे निषेधाज्ञा गएराति १२ बजेदेखि हटेको छ । हिजो दिनभर धरान सुनसान भएको थियो । निषेधाज्ञाका कारण मानिसहरूको चहलपहल कम थियो । धरान हुँदै कोशी राजमार्गमा चल्ने सार्वजनिक गाडी पनि प्रभावित भएका थिए ।…
