matribhumionline

अमेरिकामाथि नेपालको शानदार जित

चितवन  – नेपालले टि-२० सिरिजमा अमेरिकामाथि शानदार जित निकालेको छ । शुक्रबार बिहान अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १६५ रनको लक्ष्य पूरा गर्न नसक्दा अमेरिका नेपालसँग पराजित भएको हो । सुरुमा ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले ३३ बलमा चार चौका र एक छक्काको मद्दतमा सर्वाधिक ४९ रन…

Read More

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

चितवन –  आज र भोलि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ । भिटामिन ‘ए’ र जुकाको औषधि नजिकैको स्वास्थ्य संस्थाहरुमा खुवाइने मन्त्रालयले जनाएको छ । बालबालिकाहरुमा हुनसक्ने स्वास्थ्य…

Read More

म्याग्दीको तातोपानी कुण्डमा स्नान गर्नेको सङ्ख्या बढ्यो

म्याग्दी –  यहाँको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्न आउने बिरामी तथा सर्वसाधारणको सङ्ख्यामा वृद्धि भएको छ । हाल दैनिक दुईसय जना बिरामी तथा सर्वसाधारण स्नान गर्न यहाँ आइरहेका छन् । दसैँसँगै कुण्डमा स्नान गर्न आउनेको सङ्ख्यामा वृद्धि भएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर खड्काले बताए । “असोज २९ देखि यहाँ दैनिक दुई…

Read More

सुनको मूल्यमा नयाँ रेकर्ड

चितवन –  नेपाली बजारमा आज सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६२ हजार ४ सय पुगेको हो । यस अघि बुधबार सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य भने…

Read More

आज गण्डकी प्रदेशभर सार्वजनिक बिदा

काठमाण्डौ – गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमासहित यस वर्ष चैते दशैँ वैशाख ४…

Read More

आज देशका यी ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

चितवन –  काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मधेसका साथै लुम्बिनी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कोशी, बागमती,…

Read More

मन्थलीका होटल पर्यटकले भरिभराउ

रामेछाप– शरद ऋतु पर्यटकका लागि उपयुक्त समय हो । यहीबेला हिमाल आरोहणदेखि रमणीय पर्यटकीयस्थल भ्रमण गर्नेहरू यात्रामा निस्किन्छन् । यस याममा रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमणका लागि निस्किएका विदेशी पर्यटकहरूको लाम देखिन्छ । तर मौसम सधैँ एकनास हुँदैन । लुक्ला तथा मन्थलीको मौसममा बेलाबेला खराबी आइरहन्छ । यसकारण पर्यटकहरू मन्थलीमा ‘होल्ड’ हुनुपर्दा यहाँका…

Read More

सकियो यस वर्षको बडादशैँ

चितवन –  यस वर्षको बडादशैँ समापन भएको छ । असोज शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि हिजै परेकाले मान्यजनबाट आशीर्वादस्वरूप नवदुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाएर दशैँ समापन भएको हो । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा हिजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको थियो । समितिका अनुसार साँझमा पूर्णिमा…

Read More

चोरीको ३ मोटरसाइकलसहित तीन जना पक्राउ

काठमाडौ –  रौतहटमा प्रहरीले चोरीको ३ थान मोटरसाइकलसहित ३ जना पक्राउ गर्नुका साथै लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाको टोलीले ३ थान चोरीको मोटरसाइकल सहित ३ जना चोरलाई पक्राउ गरेको छ भने जिल्ला प्रहरी कार्यालय गौरको टोलीले लाखौँ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। गत २१ गते बिहान ७ बजे गढीमाई नगरपालिका ६ बखरी टोलका उनितेश साहको घरैबाट…

Read More

बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा

काठमाडौं – नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज हुने भएको छ । अभिनेता, निर्माता एवम् चलचित्र निर्देशक निश्चल बस्नेतले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् । “हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद,” बस्नेतले लेखेका छन्, “भोलि (१७ अक्टोबर)देखि हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं…

Read More