मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्ममा

काठमाडौं – नेपाली कथानक चलचित्र ‘बेहुली फ्रम मेघौली’ ओटीटी प्लेटफर्म एमएसएम भिडिओमा रिलिज हुने भएको छ । अभिनेता, निर्माता एवम् चलचित्र निर्देशक निश्चल बस्नेतले बुधबार सामाजिक सञ्जालमा पोस्ट राख्दै यसबारे जानकारी दिएका हुन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

“हलमा हेरिदिनुहुने सबै दर्शकलाई धेरै धेरै धन्यवाद,” बस्नेतले लेखेका छन्, “भोलि (१७ अक्टोबर)देखि हाम्रो फिल्म नेपालको सबै हलमा नलगाउने निर्णय गरेका छौं ।”

बस्नेतले ओटीटी एपमा ओटीपी नआउने समस्या समाधान गर्दै चलचित्र उपलब्ध गराउने जानकारी दिएका छन् ।

चलचित्र बेहुली फ्रम मेघौलीमा बस्नेत निर्माता तथा कलाकाका रूपमा आवद्ध छन् । त्यस्तै  स्वस्तिमा खड्का,  बसुन्धरा भुसाल, विजय बराल, सिम्रन खड्का, रक्षा थापा, लोकेन्द्र लेखक, सिरु बिष्ट, आमिर गौतम लगायतले पनि अभिनय गरेका छन् ।

यसअघि दशैंको माहोलमा बस्नेतको चलचित्र ‘दिमाग खराब’ उक्त ओटीटी प्लेटफर्ममा रिलिज भएको थियो । उक्त एपमा ‘महाजात्रा’ र ‘घरज्वाइँ’  पनि रिलिज भएका छन् । सो एप डाउनलोड गरेर साइनअप गर्दा ओटीपी नआउने समस्या रहेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले गुनासो गरेका थिए । बस्नेतले उक्त समस्या समाधान भइसकेको बताए पनि ओटीपी कोड नआइरहेको गुनासो आएका छन् ।

What’s your Reaction?
+1
48
+1
22
+1
0
+1
0
+1
4
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000