काठमाडौ – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्ताैला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्ताैलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए ।
उनलाई काठमाण्डौको दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।
What’s your Reaction?
+1
47
+1
+1
+1
+1
+1










