JIN0TkF.gif
JINuGe4.gif

नवलपुरको ४ स्थानमा यात्रु सहायता कक्षा स्थापना

चितवन –  नवलपुरको जिल्लाका ४ स्थानमा आज यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

दशैंको बेला यात्रुहरुमा हुन सक्ने दुव्र्यवहार, बढी भाडा असुली, क्षमता भन्दा बढी यात्रु राखेर दुर्घटनाको जोखिम बढाउने भएकोले त्यसलाई रोक्न यात्रु सहायता कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक जनकराज बन्जाराले बताए ।

यहाँले आज पहिलो दिन सदरमुकाम कावासोती सहित ४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको र थप दुई स्थानमा पनि यात्रु सहायता कक्ष स्थापना गरिने बन्जाराले बताए ।

आज कावासोतीमा स्थापना गरिएको यात्रु सहायता कक्षको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले उद्घाटन गरेका थिए ।

यात्रु सहायता कक्षको स्थापना गर्दै ढकालले यात्रु सहायता कक्ष देखाउनका लागि मात्र भन्दा पनि कार्यान्यवनमा लैजानेमा बताए ।
त्यसैगरी आजदेखि नै नवलपुरमा सवारी चाकलहरुको लापसे पनि चेकजाँच शुरु गरिएको छ । आज विहान नमुनाको रुपमा एक जना बस चालकको लापसे ९लागु औषध सेवन० चेक गरिएको थियो ।
त्यसैगरी आजदेखि नै कावासोतीमा चाडपर्व लक्षित गरी लामो दुरीका यात्रुहरुलाई रातिको समयमा केही बेर विश्राम गर्न रिफ्रेस सेन्टर पनि स्थापना गरिएको छ ।
कार्यक्रममा यहाँका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी, प्रहरी, ट्रापिक प्रहरी लगायतको सहभागिता रहेको थियो ।

What’s your Reaction?
+1
33
+1
6
+1
0
+1
0
+1
4
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000