JIN0TkF.gif
JINuGe4.gif

हाडनाता करणीबाट गर्भवती भएकी १५ वर्षीया किशोरीको उद्धार

चितवन –  जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

बाजुराको पूर्वीउत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिका–९ की १५ वर्षीया सितारा नेपालीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो।

सहायक प्रमुख जिल्ला अधिकारी रुपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको थियो।

जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो। किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको मण्डलले बताए।

हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

What’s your Reaction?
+1
49
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000