चितवन – भरतपुर महानगरपालिका वडा नं–१६, घुम्ती चोकस्थित स्कुटरको ठक्करबाट पैदलयात्री वृद्धा घाइते भएकी छन् ।
बागमती प्रदेश ०६–०१ प ११५१ नम्बरको स्कुटरले पैदलयात्री भरतपुर–१६ बस्ने ७३ वर्षीया सरस्वती अधिकारी घाइते भएकी हुन् ।
टाउकोमा चोट लागी घाइते भएकी वृद्धाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले स्कुटर र चालक भरतपुर–१६ बस्ने १६ वर्षीया सुहान सोडारीलाई नियन्त्रणमा लिई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
What’s your Reaction?
+1
17
+1
+1
27
+1
+1
+1










