JIN0TkF.gif
JINuGe4.gif

मनकामना माताको दर्शन गरि हेर्नुहोस आजको राशिफल

चितवन –  आज २०८१ साल जेठ २ गते बुधबार तदनुसार सन् २०२४ मे १५ तारिख। वैशाख शुल्क पक्षको अष्टमी तिथि। चन्द्रमा अनुसार दैनिकी को बारे भविष्यवाणी गरिन्छ। जसअनुसार आज तपाईको दैनिकी कस्तो रहनेछ त हेर्नुहोस राशिफलको आधारमा

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

मेष : समय राम्रो छ। बोलीको प्रभावले धेरै मानिस आकर्षित हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रबाट प्रगति हुनेछ। शिक्षामा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

वृष : विद्या क्षेत्रमा प्रगति हुनेछ। मुखमा सरस्वतीको वास भएकाले धेरैको भलो हुने कुरा मात्र बोल्नुहोला। वैदेशिक क्षेत्रको लगानीबाट लाभ हुनेछ। आर्थिक क्षेत्रमा प्रगति हुनेछ। राजनीतिक क्षेत्रमा प्रवेश नगर्नु राम्रो हुन्छ। परिवारको सहयोग प्राप्त हुने दिन छ।

मिथुन : शेयर कारोबारमा फाइदा हुनेछ। चिट्ठा पर्ने योग छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। बाहिरी रमझमले दिन रमाइलो बन्नेछ। सामाजिक क्षेत्रमा भने बोल्दा सचेत हुनुपर्नेछ। राजनीतिकमा खुट्टा तान्ने सक्रिय भएकाले विवेक प्रयोग गर्नुपर्नेछ।

कर्कट : मनमा अशान्ति बढ्नेछ। जुनसुकै काममा पनि झन्झट आइलाग्न सक्छ। साथीले शंकाले हेर्नेछन्। आफू सकारात्मक बनेर काम गर्नुपर्ने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर होला। वैदेशिक लगानीबाट भने घाटा हुने देखिन्छ।

सिंह : बौद्धिक क्षेत्रको प्रयास सफल हुने योग छ। गुरुको सुझाव अनुसार अगाडि बढ्नु राम्रो हुनेछ। प्राप्त भएको धन जोगाउनतर्फ लाग्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। विदेशको लगानीले मनमा उत्साह थप्नेछ।

कन्या : पुराना साथी र आफन्तसँग भेट हुनेछ। नयाँनयाँ कामको थालनी गर्ने समय छ। स्वास्थ्य र शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा विवाद बढ्ने देखिन्छ। शान्त बसेमा परिवार भित्रको झगडा मिलाउन सक्नुहुनेछ।

तुला : आफ्नो काम आफै गर्नु राम्रो हुनेछ। कुनै योजना बनेको भए गोप्यता कायम राख्नु राम्रो हुन्छ। परिवारमा मेलमिलाप हुनेछ। व्यापार र शिक्षा क्षेत्रमा उपलब्धि नहुने देखिन्छ।

वृश्चिक : दैनिकी चुनौतीपूर्ण छ। खुट्टा तान्नेहरु सक्रिय हुनेछन्। तपाईंको अगाडि मिठो बोल्नेहरु असफल बनाउन सक्रिय छन्। समस्यालाई चिर्दै अगाडि बढे समाधानको बाटो खुल्नेछ। आर्थिक र सामाजिक क्षेत्र सबल छन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

धनु : स्वास्थयमा सुधार हुनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा भने सोचे भन्दा विपरीत नतिजा प्राप्त हुनेछ। परिवारको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : आर्थिक क्षेत्रमा सफलता मिल्नेछ। शिक्षामा प्रगति हुनेछ। बोल्दा ख्याल नगरेमा आफ्नै बोलीले समस्या पार्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा घाटा होला।

कुम्भ : तपाईंलाई शंकाको दृष्टिले हेर्ने धेरै छन्। जुनसुकै काम गर्दा पनि जोगिएर गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। आज शनि शान्तिको पूजा गर्नु राम्रो हुनेछ।

मीन : खर्च बढ्ने योग छ। काममा अवरोध हुने भएकाले सचेत बन्नुपर्ने देखिन्छ। अवरोध भइहाले शान्त भएर संघर्ष गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

What’s your Reaction?
+1
77
+1
62
+1
3
+1
0
+1
15
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000