JIN0TkF.gif
JINuGe4.gif

वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गर्ने १ जना पक्राउ

चितवन –   सामाजिक सञ्जाल फेसबुकबाट जोडिएर वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै ४१ लाख बढी ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

पक्राउ पर्नेमा बझाङ घर भई हाल कीर्तिपुर बस्दै आएका २३ वर्षीय योगेन्द्र बाग रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अनलाइन ठगी गरेको आरोपमा ती युवालाई सोमबार कीर्तिपुरबाट पक्राउ गरेको हो । कार्यालयका अनुसार हालै एक व्यक्तिले आफू अनलाइन ठगीमा परेको भन्दै उजुरी दिएका थिए ।

पीडित युवकका अनुसार ‘निश टुर्स लिमिटेड होम’ नामको अकाउन्टबाट उनलाई फेसबुकमा साथी बन्ने अनुरोध आएको थियो । ती व्यक्तिले उक्त अनुरोध स्वीकारे, अनि उनीहरूबीच अनलाइनमै कुराकानी हुन थाल्यो ।

कुरा हुँदै गएपछि सो अकाउन्टबाट युवालाई वैदेशिक रोजगारीका लागि बेलायतमा वर्किङ भिसामा पठाइदिने भन्ने प्रलोभन देखाइयो । र, त्यस वापत विभिन्न समयमा विभिन्न बैंक अकाउन्टमा रकम जम्मा गर्न लगाइयो ।

यसरी ती पीडित युवाले बेलायत जाने आशमा विभिन्न समयमा ४१ लाख १५ हजार ४२० रुपैयाँ पठाइदिए । तर, पछि अनलाइनमा कुरा गरेका व्यक्ति गायब भएपछि पीडित युवाले कार्यालयमा उजुरी दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा बाग पक्राउ परेका हुन् । उनीमाथि ठगी सम्बन्धी कसुरमा जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।

What’s your Reaction?
+1
56
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000