JIN0TkF.gif
JINuGe4.gif

आईफोन १५ सिरिज सार्वजनिक, यस्तो छ मूल्य र बिशेषता

चितवन –    एप्पलले आफ्नो बहुप्रतिक्षित आईफोन १५ सिरिज सार्वजनिक गरेको छ । नेपाली समय अनुसार मंगलवार राति कार्यक्रम गर्दै एप्पलले आईफोन १५ सिरिज सर्वजनिक गरेको हो ।

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

आईफोन १५ सिरिज अन्तर्गत आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स रहेका छन् । आईफोनको सूचना लिक गर्ने विभिन्न स्रोतले एप्पलले आईफोन १५ प्रो म्याक्सको सट्टा आईफोन १५ अल्ट्रा आउने दाबी गरेका थिए । यद्यपि कम्पनीले पहिलेकै जस्तो मोडेलहरू घोषणा गरेको छ । आईफोन प्रो र प्रो म्याक्स अहिलेसम्मकै सबैभन्दा हलुका प्रो मोडेल हुन् । आईफोन १५ प्रोको तौल १८७ ग्राम छ भने आईफोन १५ प्रो म्याक्सको तौल २२१ ग्राम छ ।

यसअघिको आईफोन १४ प्रो र प्रो म्याक्सको तौल क्रमशः २०६ ग्राम र २४० ग्राम थियो । यी दुवै मोडेलमा कम्पनीले कस्टमाइज गर्न सकिने एक्सन बटन उपलब्ध गराएको छ । क्यामेराका सन्दर्भमा पनि एप्पलले आईफोन १५ लाई विशेष प्राथमिकता दिएको छ । आईफोन १५ का सबै मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा छ । जसले डिफल्ट रूपमा २४ मेगापिक्सेलको सुपर हाइ रेजोलुसन सपोर्ट गर्ने कम्पनीले जनाएको छ । प्रो म्याक्स मोडेलमा फाइभएक्स टेलिफोटो क्यामेरा उपलब्ध छ ।

आईफोन १५ र आईफोन १५ प्लसमा आईफोन १४ को प्रो मोडेलमा प्रयोग गरिएको ए १६ बायोनिक सिप राखिएको छ । त्यस्तै आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्समा एप्पलले हालसम्मकै शक्तिशाली चिपसेट ए१७ बायोनिक चिप उपलब्ध गराएको छ । यी सबै मोडेलमा कम्पनीले टाइप-सी पोर्ट दिएको छ । जसले यूएसबी टु को तुलनामा २० गुणा तीव्र गतिमा डेटा ट्रान्सफर गर्ने कम्पनीको दाबी छ । आईफोन १४ प्रो र प्रो म्याक्स मोडेलमा मात्र उपलब्ध डाइनामिक आईल्यान्ड फिचर आईफोन १५ लाइनअपका सम्पूर्ण मोडेलमा उपलब्ध भएको छ । यी सबै मोडेल शुक्रबारदेखि एप्पलको आधिकारिक वेबसाइट र विभिन्न अनलाइन स्टोरबाट प्रि-अर्डर गर्न सकिनेछ ।

त्यस्तै बजारमा सेप्टेम्बर २२ देखि उपलब्ध हुने कम्पनीले जनाएको छ । १२८ जीबी स्टोरेज भएको आईफोन १५ को बेस मोडेलको सुरुवाती मूल्य ७९९ डलर (करिब एक लाख पाँच हजार रुपैयाँ), १२८ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्लसको सुरुवाती मूल्य ८९९ डलर (करिब एक लाख १९ हजार रुपैयाँ), २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रोको सुरुवाती मूल्य ९९९ डलर (करिब एक लाख ३२ हजार रुपैयाँ) र २५६ जीबी इन्टर्नल स्टोरेज भएको आईफोन १५ प्रो म्याक्सको सुरुवाती मूल्य ११९९ डलर (करिब एक लाख ५८ हजार रुपैयाँ) तोकिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000