मुख्य समाचार
JIN0TkF.gif
JINuGe4.gif

सरकारले सुन प्रकरणमा संलग्नलाई संरक्षण गरेको भन्दै प्रदर्शन

काठमाडौँ– सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ । 

1-20250519-214919-0000
1-20250517-084258-0000
JIN0TkF.gif
Blue-And-White-Modern-Digital-Marketing-Agency-Instagram-Post-20241123-093111-0000

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुँदा पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदुरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराइसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मूल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए । विभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरूको नै संलग्नता रहेकाले सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ । 

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पीडितको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । 

What’s your Reaction?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
81025400
hulash
Register-Now-20241122-105401-0000